फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले चिनियाँ व्यवसायलार्इ तर्कसंगत तथा क्रमवद्ध रूपमा "बाहिर जान" निर्देश गर्ने

(GMT+08:00) 2019-03-09 17:00:20

केही वर्षदेखि केही मुलुकले विदेशी लगानीप्रति सुरक्षा समीक्षालार्इ कडा पारेर चिनियाँ व्यवसायहरू "बाहिर जान"का लागि बाधा उत्पन्न गरेका छन्। चिनियाँ वाणिज्य मन्त्रालयले यस अवस्थामाथि गहिरो ध्यान दिनुका साथै चौतर्फी रूपमा मूल्यांकन गरिरहेको कुरा उप-वाणिज्य मन्त्री छ्यान खमिङले बताउनुभएको छ। 9 तारिख आयोजित तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, चीनले सधैं कुनै पनि प्रकारको संरक्षणवादको पनि दृढतापूर्वक विरोध गर्नुका साथै सुरक्षा कदमको दुरुपयोगले सामान्य लगानीमा अवरोध उत्पन्न गर्ने अपेक्षा गर्दैन। चीनले सम्बन्धित देशहरूसँगै लगानीकर्ताका लागि सार्वजनिक, स्पष्ट तथा सुविधाजनक वातावरण निर्माण गरी खुलापनगत विश्व अर्थतन्त्रको निर्माणलाई अघि बढाउने इच्छा राखेको छ।

त्यसका साथै चीनको वैदेशिक लगानी विश्वमा वैदेशिक प्रत्यक्ष लगानी बढाउने महत्वपूर्ण इन्जिन बनिसकेको जानकारी पनि मन्त्री छ्यानले दिनुभयो।

उहाँका अनुसार, भविष्यमा चीनले विदेशमा आर्थिक तथा व्यापारिक सहयोग क्षेत्रको निर्माण तथा स्तरवृद्धि, वैदेशिक लगानी तथा सहयोग गर्ने देशको निर्देशिका अद्यावधिक गर्ने तथा सेवा मञ्चको निर्माण र वैदेशिक लगानी व्यवसायको तालिम लगायत कदम चाल्नेछ। जसले चिनियाँ व्यवसायलार्इ तर्कसंगत तथा क्रमवद्ध रूपमा "बाहिर जान"का लागि गाइड गर्ने आशा गरिएको छ।

जानकारी तथा लेखहरु