फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तराईको विकासका लागि प्रधानमन्त्रीद्वारा ३ अर्ब ५२ करोड रकम घोषणा

(GMT+08:00) 2019-03-10 14:39:28
सरकारले समृद्ध तराई मधेश कार्यक्रमका लागि थप ३ अर्ब ५२ करोड रकम विनियोजन गरेको जनाएको छ। रौतहटको गरुडामा आयोजित नेकपा प्रदेश नं. २ को प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गदै प्रधामन्त्री केपी शर्मा ओलीले तराई मधेशमा विकासको मूल फुटाउने हुलाकी सडक र रेलमार्गका लागि सरकारले ३ अर्ब ५२ करोड थप विनियोजन गरिएको बताउनुभयो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, "मधेशका सदरमुकामहरूसँग जोडिने हरेक राजमार्ग ४ लेन बन्नेछन्, त्यसैगरी पूर्वपश्चिम महेन्द्र राजमार्ग पनि ६ लेनको बनाउने सरकारले लक्ष्य छ।" तराईमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, द्रूत मार्गलगायतका परियोजनाले अब तराई मधेशका जनता पनि आर्थिक रूपले समृद्ध हुने र यसबाट समृद्ध नेपालको नारासमेत सार्थक पार्ने ओलीको भनाइ छ। आफू ४६ वर्षअघि रौतहटबाटै पक्राउ परेको स्मरण गर्दै देशको राजनीतिक आन्दोलनमा यस जिल्लाको अतुलनीय भूमिका रहेको उहाँले बताउनुभयो।

स्वतन्त्र मधेशको नारा लगाउँदै हिँडने सिके राउतसमेत देशको संविधानअनुरूप राजनीतिक मूलधारमा आएको बताउँदै प्रधानन्त्री ओलीले २१औं शताब्दीको देश बनाउन एकजुट भएर हिँडनुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्रीले प्रदेश नं. २ ले अघि सारेको बेटी बचाऔं, बेटी पढाऔं भन्ने नाराको प्रशंसा गर्नुभयो।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेकपाले चाह्यो भने प्रदेश नं. २ को सरकार पनि आफैं बनाउन सक्ने दाबी गर्नुभयो। तर, हाल नेकपाको चाहना सरकार बनाउने भन्दा पनि देश र त्यसमा पनि २ नम्बर प्रदेशमा विकास गरेर जनताको मन जित्ने भएकोले आगामी निर्वाचनसम्म पुग्दा २ नम्बर प्रदेशमा ८० प्रतिशतभन्दा बढी स्थानमा निर्वाचन जित्ने लक्ष्य रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु