फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी नेपालको पर्यटकीय क्षेत्रमा सुविधा थपिँदै

(GMT+08:00) 2019-03-10 14:40:25

हालैमात्र पर्यटकीय नगरी घोषणा भएको सूर्योदय नगरपालिका चाँडै यहाँका पर्यटकीय गन्तव्यलाई थप सुविधा सम्पन्न बनाउने योजनामा छ। इलाम आउने पर्यटकका लागि पहिलो बिसौनीका रूपमा रहेको सूर्योदयमै लामो समय भुल्याउने योजनासहित नगरपालिकाले काम गरिरहेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो।

श्रीअन्तुको चुचुरोमा पार्कसहितको संरचनाका लागि गुरुयोजना बनाएको नगरले बिजुली, पानीसहितका सम्पूर्ण काम दुई वर्षमा सम्पन्न गर्ने योजना बनाएको छ। गतवर्ष सडक बिस्तार गरेको कन्याम क्षेत्रमा नगरपालिकाले रात्री पर्यटन स्थल, सबै मौसमका लागि सुरक्षित पदमार्ग निर्माण, साइक्लिङ मार्गसमेत निर्माण गर्ने योजना बनाएको छ। सौन्दर्यीकरण योजनाअनुसार, फुड स्टेसन, व्यवस्थित पार्किङ स्थल, आकर्षक अर्किड बगैंचा निर्माण गर्ने योजना छ। पर्यटकका लागि आराम स्थल, सार्वजनिक शौचालय, वाइनाकुलर सहितको दूरदृश्य हेर्ने स्थानसमेत निर्माण गर्ने योजना रहेको अन्नपूर्ण पोस्टले लेखेको छ।

यसैगरी अन्तर्राष्ट्रिय महत्वको पर्वतीय सिमसार माइपोखरी रामसार क्षेत्रको संरक्षणमा भने स्थानीयको सक्रियता बढ्दो छ। जैविक विविधताले भरिएको माइपोखरी समुद्र सतहदेखि २,१०० मिटरको उचाइमा छ। २०६५ कात्तिक १२ मा दक्षिण कोरियामा भएको रामसार महासन्धी पक्ष राष्ट्रहरूको सम्मेलनद्वारा माइपोखरी सिमसारको ९० हेक्टर क्षेत्रफललार्ई माइपोखरी रामसार क्षेत्रका रूपमा विश्वको १,८५०औं स्थानमा घोषणा गरेपछि विश्वका धेरै जिज्ञासुले माइपोखरीको भ्रमण गर्ने गरेका छन्।

जानकारी तथा लेखहरु