फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रतिनिधि मण्डलको समीक्षा बैठकमा चिनियाँ नेताहरू सहभागी

(GMT+08:00) 2019-03-10 16:02:35

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य एवम् प्रधानमन्त्री ली खछ्याङ, राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चानशु र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अनुशासन समितिका सचिव चाउ लचिले 9 तारिख तेह्रौं राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनमा सहभागी प्रतिनिधिहरूको समीक्षा बैठकमा बेग्ला बेग्लै रूपमा सहभागिता जनाउनुभएको छ।

यसैक्रममा चि लिन प्रतिनिधि मण्डलको समीक्षा बैठकमा प्रतिनिधिहरूको भाषण सुनेपछि प्रधानमन्त्री ली खछ्याङले गत वर्ष राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको कार्य प्रभावकारी भएर समितिका अध्यक्ष ली चानशुबाट प्रस्तुत कार्य प्रतिवेदन पूर्ण रूपमा अनुमोदन गरेको कुरा बताउनुभयो। उहाँले चि लिन प्रान्तलार्इ सी चिन फिङ नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारको निर्देशनमा चि लिनको कार्यसम्बन्धी महासचिव सीको महत्वपूर्ण निर्देशकीय भावनाको पालना गरी उत्तर-पूर्वको पुनरूत्थान निर्णयलाई व्यवहारमा उतार्ने, सुधार तथा खुलापनलाई चौतर्फी रूपमा गहन पार्ने, परम्परागत उद्योगको संरचनात्मक परिवर्तन तथा स्तरवृद्धिलाई घच्घच्याउने, ग्रामीण पुनरूत्थानको रणनीति लागू गर्ने लगायत आशा गर्नुभएको छ।

राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चानशुले छुङ छिङ प्रतिनिधि मण्डलको समीक्षा बैठकमा भाग लिनुभएको छ। उहाँकाअनुसार, नयाँ युगको नयाँ मागअनूकुल र जनताको नयाँ चाहना पूर्ति गरेर उच्च गुणस्तरीय विधान कार्यद्वारा उच्च गुणस्तरीय विकासलार्इ अघि बढाउनु, आर्थिक तथा सामाजिक विकास तथा सुधारलार्इ अझ बढी सहयोग गर्नु र कानूनद्वारा जनताको अधिकार तथा फाइदाको प्रत्याभूति गर्नु र जनताको फाइदालार्इ बढाउनुपर्छ। उहाँले छुङछिङलार्इ छुङछिङको कार्यसम्बन्धी महासचिव सीको महत्वपूर्ण निर्देशनलार्इ र नयाँ विकास विचारलार्इ व्यवहारमा उतारेर गरिबी निवारण युद्धमा जित्नुका साथै पर्यवरणको प्रथमिकतायुक्त तथा हरित विकास गर्ने आशा गर्नुभएको छ।

यसका अतिरिक्त, अनुशासन समितिका सचिव चाउ लचिले क्वी चौ प्रतिनिधि मण्डलको बैठकमा सहभागिता जनाउनुभएको छ। उहाँले अनुशासन निरीक्षण र पर्यवेक्षण विभागलाई गरिबी निवारण कार्यमा भूमिका खेलेर गरिबी निवारण युद्धमा बलियो र सुदृढ प्रत्याभूति दिनुपर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु