फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक छलफलबाट विनिमय दरसम्बन्धी केन्द्रीय विषयबारे सहमतिः चिनियाँ केन्द्रीय बैंकका प्रमुख

(GMT+08:00) 2019-03-10 16:17:18

भर्खरै सम्पन्न चीन र अमेरिकाबीच सातौं आर्थिक तथा व्यापारिक उच्च स्तरीय छलफलमा दुइ पक्षले विनिमय दरबारे छलफल गरेर धेरै केन्द्रीय तथा महत्वपूर्ण विषयबारे सहमति प्राप्त गरेका छन्।

चिनियाँ केन्द्रीय बैंक अर्थात् चीन जन बैंकका प्रमुख यी काङले 10 तारिख पैचिङमा आयोजित तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

विनिमय दर समस्या सधैं नै जी-२०, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत द्वीपक्षीय तथा बहुपक्षिय मञ्चमा महत्वपूर्ण मामिला रहेको जानकारी उहाँले पनि दिनुभयो। चीन र अमेरिकाले विनिमय दरबारे छलफल लामो समयदेखि भइरहेको छ।

1  2  3  
जानकारी तथा लेखहरु