फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन 13 औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको दोस्रो बैठक

(GMT+08:00) 2019-03-10 17:05:31
चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन 13 औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनले 9 तारिख दिउँसो जनबृहत सभाभवनमा दोस्रो पूर्ण बैठकको आयोजना गरेको छ। 14जना सदस्याहरूले अर्थतन्त्रको निर्माण र पर्यावरणीय सभ्यताको निर्माणबारे सम्बोधन गरेका छन्। जनराजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ याङ बैठकमा सहभागी हुनुभयो।

पार्टीविहीन स्वतन्त्र व्यक्तिहरूको प्रतिनिधित्वमा लिन यीफूले सम्बोधन गर्दै वर्तमान विश्वका सामु सयौं वर्षमा नभेटेको ठूलो परिवर्तन देखा परेको बताउनुभयो। उहाँले कुनै पनि परिवर्तनमा दुवै खतरा तथा मौका रहने बताउँदै राम्रो सामनाले चीन राष्ट्रको महान पुनरूत्थानलाई महत्वपूर्ण अवसर दिने कुरा बताउनुभयो। सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो कार्य राम्ररी गरेर मुख्य द्वन्द बमोजिम सुधारको सूत्र पत्ता लगाएर चिनियाँ अर्थतन्त्रको उच्च गुणस्तरीय विकासलार्इ अघि बढाउनु हो।

राष्ट्रिय उद्योग तथा वाणिज्य संघको प्रतिनिधित्वमा छन चलीले निजी व्यवसाय गोष्ठीमा महासचिव सी चिन फिङको सम्बोधनले निजी व्यवसायीलार्इ आनन्द र विश्वास दिएको कुरा व्यक्त गर्नुभयो। जसबाट निजी व्यवसायीको विश्वास अझ दृढ, व्यवसायको विकास दिशा अझ स्पष्ट हुनुका साथै सरकार र व्यवसायबीचको सम्बन्ध अझ घनिष्ट तथा सफा रहेको छ।

छिङहार्इ तथा तिब्बत पठारभूमि चीनको महत्वपूर्ण पर्यावरणीय बाधा र चिनियाँ विशेषतायुक्त सँस्कृतिको सुरक्षित क्षेत्र हो। पर्यावरणको सुरक्षासम्बन्धी वैज्ञानिक अनुसन्धान, मिलीजुली अवलोकन प्रणाली तथा क्षमताको निर्माण र प्रकोपग्रस्त खतराको मूल्यांकन तथा पूर्वानुमानलार्इ सबल पारेर पठारभूमिको पर्यावरणीय सुरक्षा गर्नुपर्ने कुरा च्याङ चोचुनले चिनियाँ पब्लिक इन्ट्रेस्ट पार्टी केन्द्रको प्रतिनिधित्वमा बोल्दै प्रकाश पार्नुभयो।

अर्का सदस्य लान फङह्वीका अनुसार, कर तथा शुल्क कटौती जटिल प्रणालीगत कार्यक्रम भएर दुवै राष्ट्रिय माग तथा व्यवसायको अस्तित्व एवम् विकास र दुवै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिको विचार गर्नुपर्छ।

जानकारी तथा लेखहरु