फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी गन्यमान्य व्यक्तिहरूबाट चीनको कूटनीतिक उपलब्धिको उच्च मूल्यांकन

(GMT+08:00) 2019-03-10 17:09:36

तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनले 8 तारिख मिडिया केन्द्रमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनका परराष्ट्रमन्त्री वाङ यीले "चीनको कूटनीति तथा वैदेशिक सम्बन्ध"बारे चिनियाँ तथा विदेशी सम्वाददाताबाट सोधिएका प्रश्नको उत्तर दिनुभयो। विदेशी विशेषज्ञ तथा विद्वानहरूले चीनको कूटनीतिक उपलब्धिको उच्च मूल्यांकन गरेर विश्व शान्तिको सुरक्षा र मानवजातिको प्रगतिलार्इ अघि बढाउनका लागि चीनले अझ बढी योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।

टर्कीका चीन विज्ञ गिराय फिदानले चिनियाँ कूटनीतिक सिद्धान्तको समीक्षा गर्दा साझा जीतको सिद्धान्त रहेको कुरा बताउनुभयो। "बेल्ट एण्ड रोड"ले वरिपरिका देशबीच आर्थिक सहयोगलार्इ घच्घच्याउनुका साथै मानव सभ्यताको आदान-प्रदानलार्इ प्रत्यक्ष रूपमा बढाएर धेरै नयाँ मञ्च र नयाँ मौका दिएको छ।

अमेरिकी पत्रिका "एक्सचेन्ज इन्टेलिजेन्स रिभ्यू"अन्तर्गत वाशिङ्टन शाखाका प्रमुख विलियम जोनले "बेल्ट एण्ड रोड" प्रस्तावसँग महत्वपूर्ण ऐतिहासिक अर्थ रहेकोले हालसम्म आधारभूत प्रबन्धको निर्माणमा आश्चर्यरलाग्दो उपलब्धि हासिल गरेको कुरा प्रकट गर्नुभयो।

रूस-चीन विश्लेषण केन्द्रका प्रमुख सेर्गेइ सानाकोयभका अनुसार, चीनले विभिन्न मुलुकसँग नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गरिरहेको छ। यो नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध अति आकर्षक भएर झन् झन् बढी देशहरूले चीनसँग सहकार्यको रूचि देखाएका छन्।

पूर्वी एशियाको ठूलो मुलुकको हैसियतमा विभिन्न देशबीच मतभेदको सामना र सहयोगको प्रवर्द्धनमा चीनले महत्वपूर्ण भूमिका खेलेको दक्षिण कोरियाली सुङ्क्यूनक्वान विश्वविद्यालयअन्तर्गत चीन अनुसन्धान व्यूरोका प्रमुख ली ही ओकले प्रकाश पार्नुभयो।

जानकारी तथा लेखहरु