तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनका प्रतिनिधि एवम् तिब्बत स्वायत्त प्रदेशको लिन च शहरका मेयर वाङ तुइले सीआरआर्इलार्इ अन्तर्वार्ता दिंदै प्राकृतिक श्रोतको सुरक्षा गर्न लिन च शहरले खानी उत्खनन् नगर्ने र वन विनाश नगर्ने सिद्धान्तको पालना गरेकाले हालसम्म कुनै पनि खानी उद्योग संचालन नगरिएको जानकारी दिनुभएको छ।
उहाँका अनुसार, पर्यावरणीय सुरक्षा नियमको तर्जुमा, वनस्पतिको निर्माण आदि कदमद्वारा लिन च शहरले हरित तथा वातावरण सुरक्षा विकास मार्गमा लागिरहेको छ। जसले पर्यावरणीय पर्यटन गर्ने हरित विकास तरिकाद्वारा अर्थतन्त्रको विकास गरी स्थानीय सर्वसाधारणलार्इ फाइदा पुर्याएको मेयर वाङ तुइले चर्चा गर्नुभयो।