फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इथियोपियाको विमान दुर्घटनासम्बन्धमा चिनियाँ परारष्ट्र मन्त्रालयका प्रवक्ताद्वारा जानकारी

(GMT+08:00) 2019-03-11 19:26:44
इथियोपियाको विमान कम्पनीका अनुसार,मार्च १० तारिख बिहान सो कम्पनीको एउटा विमान इथियोपियाको राजधानी अदिसअबाबाबाट उडेको केही मिनेटपछि खसेको छ। जसबाट विमानका १ सय ४९ यात्रु तथा विमानका ८ जना सदस्यको मृत्यु भएको छ। सो विमानमा एक हंगकंगबासीसहित ८ जना चिनियाँ नागरिक थिए।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले हिजो मार्च १० तारिख पत्रकारलाई सो घटनाबारे जानकारी दिँदै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै उनीहरुको परिवारलाई गहन रुपमा समवेदना व्यक्त गरेका छन्। साथै चीनले सो दुर्घटनाको कारण यथाशीघ्र जानकारी पाउने इथियोपियासँग आशा गरेको भन्दै प्रवक्ता खाङले चिनियाँ परराष्ट्र मन्त्रालय तथा इथियोपियास्थित चिनियाँ राजदूताबासले चिनियाँ मृतकहरुको परिवारलाई आवश्यक सहयोग पुर्‍याउने व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु