फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले नव सिर्जनात्मक मुलुकको स्थापना गर्ने

(GMT+08:00) 2019-03-11 19:27:32
चिनियाँ विज्ञान तथा प्रविधि मन्त्री वाङ च काङले चीनले वैज्ञानिक तथा प्राविधिक अनुसन्धान सम्बन्धी वातावरणलाई पूर्णता दिलाएर नव सिर्जनात्मक मुलुकको गतिशीलताका साथ स्थापना गर्ने व्यक्त गर्नुभएको छ।

आज मार्च ११ तारिख पैचिङमा आयोजित तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवशेनको पत्रकार सम्मेलनमा वाङ च काङले उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, चीनको विज्ञान तथा प्रबिधिको आविष्कारका लागि "तीन पाइला"भन्ने रणनीति बमोजिम, चीनले सन् २०२० सम्ममा नव सिर्जनात्मक मुलुकको पंक्तिमा प्रवेश गर्नेछ। साथै सन् २०३५ सम्ममा नव सिर्जनात्मक मुलुकमध्ये अग्र स्थानमा पुग्ने र सन् २०५० सम्ममा विश्वको विज्ञान तथा प्रविधिसम्बन्धमा शक्तिशाली मुलुक बन्ने लक्ष्य राखेको छ।

जानकारी तथा लेखहरु