फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी निवारणमा चिनियाँ अनुभव विश्वका लागि अनुकरणीय रहेको नेपाली विज्ञको भनाइ

(GMT+08:00) 2019-03-11 19:29:27

चीनमा यतिबेला दुई अधिवेशन चालु रहेका छन्। गत मार्च ५ तारिख १३ औँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सन् २०१८ को कार्य प्रगतिविवरण र सन् २०१९ को भावी कार्यक्रम पेश गर्नुभयो। प्रधानमन्त्री लीले प्रस्तुत गर्नु भएको कार्यप्रतिवेदनमाथि विश्वका विभिन्न क्षेत्रका विद्वानहरुले टिप्पणी तथा विश्लेषण गर्दै आएका छन्।

बेइजिङस्थित अन्तर्राष्ट्रिय वाणिज्य तथा अर्थशास्त्र विश्वविद्यालयबाट विद्यावारिधि सक्न लाग्नु भएका नेपालका कल्याण रोकाले चीनका आर्थिक कार्यक्रमले विश्वलाई ठूलो योगदान दिएको बताउनुभयो। सीआरआई नेपाली सेवासँग कुरा गर्दै उहाँले भन्नुभयो गरिबी निवारणमा चीनले प्राप्त गरेको उपलब्धिलाई विश्वले आश्चर्यका रुपमा लिएको छ। विश्वबाट गरिबी निवारणमा चीनको मात्र ३० प्रतिशत योगदान रहेको छ। यसकारण गरिबी निवारणमा चिनियाँ अनुभव विश्वका लागि अनुकरणीय रहेको उहाँले जोड दिनुभयो।

चीनमा वर्तामान राष्ट्राध्यक्ष सी सत्तामा आएपछि ८ करोडभन्दा बढीको संख्यामा गरिबी निवारण भएको उहाँले बताउनुभयो। सन् २०१२ मा चीनमा गरिबहरुको जनसंख्या लगभग १० करोड रहेको र हाल आएर त्यो संख्या २ करोडमा झरेको उहाँले बताउनुभयो। गरिबी निवारण गर्दा चीनले पूर्वाधार विकास, पर्यावरणीय संरक्षण, सार्वजनिक सेवा र कृषि व्यवसायलाई प्राथमिकतामा राखेको बताउँदै चीनले अवलम्बन गरेको गरिबी निवारण कार्यक्रमबाट छिमेकी मुलुकका हिसाबले नेपालले पनि महत्वपूर्ण अनुभव लिन सक्ने कुरामा उहाँले जोड दिनुभयो।

चीनको आर्थिक विकासमा चीनको आन्तरिक रुपमा सुधार र वाह्य रुपमा खुलापनले काम गरेको भन्दै उहाँले रोजगारी सिर्जना,महङ्गी नियन्त्रण,जनसहभागितामा आधारित विकास,ग्रामीण र सहरी क्षेत्रको सन्तुलित विकास आदि कारणले चीनमा स्थिर आर्थिक वृद्धिदर कायम रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु