फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा बौद्धिक सम्पदा अधिकार जाँचबुझ गर्ने गुणस्तर र कार्य-कुशलतालाई माथि उकासिने

(GMT+08:00) 2019-03-11 19:31:57
चीनको राष्ट्रिय बौद्धिक सम्पदा अधिकार ब्युरोका प्रमुख शन छाङ युले चीनले निरन्तर रुपमा कदम चालेर बौद्धिक सम्पदा अधिकारको जाँचबुझ गर्ने गुणस्तर र कार्य-कुशलतालाई उकास्दै जाने बताउनुभएको छ।

आज मार्च ११ तारिख पैचिङमा आयोजित १३ औँ राष्ट्रिय जन काँग्रेसको दोस्रो सम्मेलनको पत्रकार सम्मेलनमा बोल्दै ब्युरो प्रमुख युले चीनले आगामी ५ वर्षभित्र मार्काको जाँचबुझ गर्ने अवधिलाई पहिलेको आठ महिनाबाट चार महिनाभित्र घटाउने योजना गरेको पनि जानकारी दिनुभएको छ।

गत वर्ष चीनले जाँचबुझ गर्ने व्यक्तिको पङ्क्ति निर्माणलाई सबल पार्ने, जाँचबुझ सम्बन्धी स्मार्ट प्रणालीको निर्माणलाई शिघ्र पार्ने, जाँचबुझ कार्यको विचार र तरिकाको सिर्जनशील गर्ने आदि कदम चालेर जाँचबुझ गर्ने गुणस्तर र कार्य-कुशलतालाई माथि उकासेको जानकारी पनि प्रमुख युले दिनुभएको छ।

जानकारी तथा लेखहरु