फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ तुङ हङ्गकङ्ग मकाउ बिशाल खाडी क्षेत्रको निर्माण "ठूलो" बाट "सशक्त" सम्म बन्ने

(GMT+08:00) 2019-03-11 19:34:33
चीन सरकारले गत फेब्रअरी महिनामा क्वाङ तुङ हङ्गकङ्ग मकाउ बिशाल खाडी क्षेत्रको विकास योजना कार्यक्रम सार्वजनिक गरेदेखि यता त्यस सम्बन्धी सारा विश्वका रिपोर्टमध्ये ९८.७ प्रतिशतको विषय सकारात्मक रहेको तथ्याङ्क छ। हाल पैचिङमा भइरहेको चीनका दुई अधिवेशनमा क्वाङ तुङ हङ्गकङ्ग मकाउ बिशाल खाडी क्षेत्रको कसरी निर्माण गर्ने र कसरी विकास गर्ने भन्ने कुरा क्वाङ तुङ, हङ्गकङ्ग र मकाउ यी तीनवटा ठाउँका जन काँग्रेसका प्रतिनिधि र जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूका लागि ध्यानाकर्षणको विषय पनि बनेको देखिन्छ।

विश्वप्रख्यात न्यूयोर्क खाडी क्षेत्र, सान्फ्रान्सिस्को खाडी क्षेत्र र टोकियो खाडी क्षेत्रको तुलनामा क्वाङ तुङ हङ्गकङ्ग मकाउ बिशाल खाडी क्षेत्रको निर्माण अभिलाषालाई चीन सरकारले जोडतोडसँग खुलस्त अर्थतन्त्रको निर्माण गर्ने नयाँ ढाँचा मानेको छ। त्यस निर्माण अन्तर्राष्ट्रिय अग्रगुणस्तरीय विकासको मापदण्ड अनुकूल हुनुका साथै एक देश दुई व्यवस्था, तीनवटा कर क्षेत्र, तीन किसिमका मुद्रा र तीन प्रकारका कानूनी प्रणालीको प्रारुपमा सिर्जनशील हुने छ। त्यसैगरी चिनियाँ विशेषतायुक्त र विश्वका तीनवटा प्रसिद्ध खाडी क्षेत्र बराबर हुने विकासको नयाँ बाटो खोज्न सकिनेछ। यस्तो सन्दर्भमा व्यवस्थायुक्त सिर्जनशीलता त्यस निर्माणको सबैभन्दा महत्वपूर्ण विषय हो।

जानकारी तथा लेखहरु