यसै वर्षका दुई अधिवेशन अवधिमा चाइना मिडिया ग्रुपले नयाँ प्रविधिको आधारमा बहु-मिडिया सम्मिलित पार्टीको नीति र सदस्य तथा प्रतिनिधिको राय-सुझावबारे प्रसारण गरेको छ।
यसै दुई अधिवेशन रिपोर्टमा चाइना मिडिया ग्रुपले पहिलो पटक फाइभ-जी प्रविधिको आधारमा फोर-के अल्ट्रा उच्च परिभाषा संकेतको निरन्तर रुपमा प्रसारण गरेको छ। साथै फोर-के अल्ट्रा उच्च परिभाषा संकेत जन बृहत सभा भवन, मिडिया केन्द्र, सदस्य तथा प्रतिनिधिको होटेलसम्म पुर्याइएको छ जसबाट उनीहरुले नयाँ प्राविधिक क्रान्तिको अनुभव लिनसक्छन्।
चाइना मिडिया ग्रुपको कार्य-योजना अनुसार, बिग डाटा, आर्टिफिसियल इन्टेलिजेन्स(कृत्रिम बौद्धिकता) प्रविधिको आधारमा फाइभ-जी नयाँ मिडिया प्लेटफर्मको निर्माण गरिने छ अनि 4K+5G+AIको रणनीतिक लेआउटको स्थापना गरी अन्तर्राष्ट्रिय पहिलो श्रेणीको नयाँ मुख्यधारको मिडिया बनाइनेछ।
1 2 3 4 5 6 7 8