फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाण्डुमा स्मार्ट शौचालय

(GMT+08:00) 2019-03-12 17:11:25
काठमाडौं महानगरपालिकाले सहरभित्र अत्याधुनिक सुविधासहितको स्मार्ट शौचालय बनाउने भएको छ । प्रयोगकर्ताले मोबाइल एप र अटोमेटिक बिलिङ मेसिनमार्फत शुल्क तिर्न मिल्ने स्मार्ट शौचालयमा स्वचालित उपकरणको प्रयोग गरिने छ।

समिति बैठकले नयाँ बन्ने ५९ र पुराना ५८ शौचालयबारे गरिएका अध्ययन प्रतिवेदनका आधारमा कार्य अघि बढाइएको उपमेयर हरिप्रभा खडगी श्रेष्ठले बताएकी छन्। नयाँ बन्ने शौचालय धेरै जग्गा भएको स्थानमा महिला, पुरुष र अपांगका लागि फरकफरक निर्माण गरिने उल्लेख छ ।

उपमेयर हरिप्रभा खडगी श्रेष्ठको अध्यक्षतामा बनेको समितिले शौचालयहरूलाई सेनेटरी प्याड, पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचालित उपकरणयुक्त बनाउन अन्तिम खाका तयार गरेको कान्तिपुर दैनिकले लेखेको छ ।

उपमेयरका अनुसार अबको तीन महिनाभित्र पुराना ५८ वटा सार्वजनिक शौचालय स्तरोन्नति कार्यले गति लिइसक्नेछ । समितिले नयाँ शौचालय निर्माणको ठाउँ पहिचान गरिसकेको छ । तीमध्ये पहिलो चरणमा अति आवश्यक भएका ३० ठाउँमा र बाँकी दोस्रो चरणमा निर्माण गरिनेछ ।

केही स्थानमा दिसाबाट उत्पादित बायोग्यास प्रविधिबाट त्यहीँका उपकरण चल्ने ऊर्जा निकाली प्रयोग गरिने र फ्लस गर्ने पानी पुनः प्रशोधन गरेर प्रयोग गरिने योजना छ ।

जानकारी तथा लेखहरु