फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"निशुल्क भिसा"को पछाडि"एटलान्टिक सागर पार गर्ने चिरो"दिन प्रतिदिन ठूलो हुँदै

(GMT+08:00) 2019-03-12 18:17:55
हाल"युरोपेली सँघले अमेरिकी पर्यटकहरुलाई निशुल्क भिसा नदिने"समाचार अमेरिका तथा युरोपका सञ्चार माध्यमहरुले टिप्पणी गरेको एउटा चर्चित विषय बनेको छ। यस शङ्कालाई हटाउँदै सन् २०२१ देखि युरोप प्रस्थान गर्नका लागि अमेरिकी नागरिकहरुले"युरोपको पर्यटन सम्बन्धी खबर तथा मान्यता प्रणाली(इटीआईएएस)"मा प्रतिबेदन दिनुपर्ने रिपोर्ट सञ्चार माध्यमहरुले गलत रुपमा बुझेको युरोपेली सँघले दाबी गरेको छ।

युरोपेली सँघका अनुसार, इटीआईएएस भिसा सम्बन्धी प्रणाली होइन,त्यो अमेरिका लगायत अन्तर्राष्ट्रिय पर्यटकहरुलाई गर्ने"एउटा नियमित जाँचबुझ"हो। यसका साथै‍ अमेरिकी विदेश मन्त्रालयले एउटा वक्तव्य प्रकाशित गर्दै इटीआईएएस भिसाका लागि नभएको उल्लेख गर्दै "जुनसुकै मुलुकको आफ्नो देशमा प्रवेश गर्ने मापदण्ड बनाउने अधिकार रहेको "कुरामा जोड दिएको छ।

यस घटनाबाट अमेरिका तथा युरोप बीचको सम्बन्ध बिग्रिंदै आएको वातावरणमा"एटलान्टिक सागर पार गर्ने सम्बन्ध"झन् झन् जटिल, समवेदनशील तथा कम्जोर हुँदै आएको देखिन्छ।

वितेका दुई वर्षदेखि व्यापारिक नीति, नेटोको सुरक्षा, युरोपको एकिकरण, शरणार्थी तथा अध्यागमन सम्बन्धी नीति तथा विश्वको व्यवस्थापन लगायत क्षेत्रमा अमेरिका तथा युरोप बीचका अन्तर्विरोध तथा मतभेद अरु छताछुल्ल भएको छ।

जानकारी तथा लेखहरु