फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय जन काँग्रेस संविधान र कानून परिषद्द्वारा पूर्ण सम्मेलनको आयोजना

(GMT+08:00) 2019-03-12 18:18:19
तेह्रौं राष्ट्रिय जन काँग्रेस संविधान र कानून परिषद्ले ११ तारिख बिहान पूर्ण सम्मेलनको आयोजना गर्दै विभिन्न प्रतिनिधि मण्डलको राय-सुझाव बमोजिम वैदेशिक व्यापार लगानी ऐनको मस्यौदाको एकीकृत रुपमा लेखाजोखा गरेको सिन्हा समाचार समितिले जनाएको छ।

तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो सम्मेलनको योजना अनुसार, विभिन्न प्रतिनिधि मण्डलले मार्च १० तारिख वैदेशिक व्यापार लगानी ऐनको मस्यौदाको लेखाजोखा गरेका छन्। प्रतिनिधिहरूले वैदेशिक व्यापार लगानी ऐनको तर्जुमालाई समर्थन गर्नुका साथै त्यस ऐनको ज्यादै महत्वपूर्ण अर्थ र प्रभाव रहेको ठहर पनि गरेका छन्।

वैदेशिक व्यापार लगानी ऐनको तर्जुमा गर्ने क्रममा वैज्ञानिक, प्रजातान्त्रिक रुपमा ऐनको तर्जुमा गर्नुका साथै कानून बमोजिम त्यस ऐन बनाउने आग्रहलाई निष्ठापूर्वक व्यवहारमा उतारिएको ठहर पनि ती प्रतिनिधिहरूले गरेका छन्।

जानकारी तथा लेखहरु