फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाणिज्य कारोबारमा स्वस्थ वातावरणका लागि उचित कानूनी व्यवस्था

(GMT+08:00) 2019-03-12 18:18:43
चीनको सर्वोच्च जन अदालत र सर्वोच्च जन न्यायाधिवक्ताले आज मार्च १२ तारिख आ-आफ्नो कार्य-प्रतिवेदनको लेखाजोखा गर्नका लागि तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो सम्मेलनसमक्ष पेश गरेका छन्। ती दुईवटा प्रतिवेदनमा बौद्धिक सम्पदा अधिकारको सँरक्षण गर्नका लागि तथा वाणिज्य कारोबार चलाउन सबैभन्दा राम्रो वातावरण बनाउन उचित कानूनी व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ।

सर्वोच्च जन अदालतका प्रमुख चौ छ्याङले गत वर्ष बौद्धिक सम्पदा अधिकार सम्बन्धी विधायक सँरक्षणलाई मजबुत पार्नका लागि चीनले राष्ट्रिय तहमा बौद्धिक सम्पदा अधिकार मुद्दाको फेरबदल गर्ने व्यवस्थाको स्थापना गर्नुका साथै सर्वोच्च जन अदालतले बौद्धिक सम्पदा अधिकार सम्बन्धी विशेष अदालत पनि खडा गरेको जानकारी दिनुभएको छ।

सर्वोच्च जन न्यायाधिवक्ताका महान्यायाधिवक्ता चाङ च्युनले सन् २०१९ मा चीनले निरन्तर रुपमा गम्भीर रुपमा बौद्धिक सम्पदा अधिकार उल्लंघन गरिने कारवाईलाई दण्ड सजाय दिनुका साथै कानूनी व्यवस्थालाई वाणिज्य कारोबार चलाउने सबैभन्दा राम्रो वातावरण बनाउने पनि औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु