फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ जन मुक्ति सेना र सशस्त्र प्रहरी फौज प्रतिनिधि मण्डलको पूर्ण बैठकमा सहभागी

(GMT+08:00) 2019-03-12 19:35:14
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ १२ तारिख दिउँसो तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो सम्मेलनमा जन मुक्ति सेना र सशस्त्र प्रहरी फौज प्रतिनिधि मण्डलको पूर्ण बैठकमा सहभागी हुनुभएको छ। त्यस क्रममा उहाँले चालु वर्ष सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण गर्ने र "पहिलो सयौं वर्षीय प्रयास लक्ष्य"लाई साकार तुल्याउने महत्वपूर्ण वर्ष हुनुका साथै चिनियाँ जन मुक्ति सेनाको निर्माण र विकास सम्बन्धी "तेह्रौं पञ्च वर्षिय योजना"लाई व्यवहारमा उतार्ने र सेना तथा राष्ट्रिय प्रतिरक्षा सम्बन्धी सन् २०२० लक्ष्यलाई साकार तुल्याउने महत्वपूर्ण वर्ष पनि भएको कुरामा जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, समस्त सेनाले चिनियाँ सपना र शक्ति सम्पन्न सेना सपनालाई साकार तुल्याउने उचाईमा उभिएर "तेह्रौं पञ्च वर्षीय योजना"को महत्व र जरुरीबारे स्पष्टसँग बुझ्नुपर्ने, दृढताका साथ आफ्नो कार्यभार बहन गरी सक्दो प्रयासमार्फत कठिनाई जित्ने लडाईं चलाउनुका साथै निर्धारित समय अनुसार राष्ट्रिय प्रतिरक्षा र सेना निर्माणका महत्वपूर्ण लक्ष्य र कार्यभारलाई सुनिश्चित पार्नुपर्छ।

जानकारी तथा लेखहरु