फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीपीपीसीसी वार्षिक अधिवेशन सम्पन्न

(GMT+08:00) 2019-03-13 10:40:17

चीनको सर्वोच्च राजनीतिक परामर्शदात्री एकाइको वार्षिक अधिवेशन आज तेह्र तारिख पैचिङमा सम्पन्न भएको छ। सी चिन फिङलगायत पार्टी र देशका नेतागण उक्त सम्पन्न सम्मेलनमा उपस्थित हुनुभएको छ।

राष्ट्रिय जन-राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ याङले सम्मेलनलाई सम्बोधन गर्दै यस वर्ष जन गणतन्त्र चीन स्थापना भएको सत्तरीऔं वार्षिकोत्सव हो र सत्तरी वर्षयता जन-राजनीतिक परामर्शदात्री सम्मेलनले नयाँ चीन स्थापना, नयाँ चीन निर्माण, सुधार्ने बाटोको खोजी, चीन सपनालाई व्यवहारमा उत्तार्ने अभ्यासमा सक्रिय संलग्न भएर ऐतिहासिक योगदान गरेको व्यक्त गर्नुभयो। उहाँले चीन विशेषतायुक्त समाजवादी नयाँ युगमा प्रवेश भएको भन्दै जन-राजनीतिक परामर्शदात्री सम्मेलनको भूमिका अझ फराकिलो भएसँगै जिम्मेवारी पनि अझ ठूलो भएको उल्लेख गर्नुभयो। जन-राजनीतिक परामर्शदात्री सम्मेलनले आफ्नो भूमिकामा अडिग रहेर नयाँ ऐतिहासिक स्थितिमा जन-राजनीतिक परामर्शदात्री कार्यलाई अघि बढाइरहनुपर्ने उहाँले दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु