फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शिक्षा तथा तालिम केन्द्रबाट विद्यार्थीको नयाँ सपना साकार

(GMT+08:00) 2019-03-13 15:28:45

 

उग्रवाद र आतंकवाद विश्वव्यापी रूपमा नै कठिनाइको विषय भइरहेको छ। विभिन्न मुलुकले देशको अवस्था आधारित समाधान उपाय खोजिरहेका छन्। चीनको सिनच्याङको दक्षिणी भागमा पर्ने खाशका धेरैजसो सर्वसाधारणलाई त्यहाँ धेरै भएका आतंकवादी गतिविधिमा दुःख लागेको छ साथै तत्स्थानमा धार्मिक उग्रवाद पनि प्रवेश भएको छ। सो अवस्थाको सुधार गर्न खाश क्षेत्रले व्यवसायिक कौशल शिक्षा तथा तालिम केन्द्र खोलेर रोजगार उन्मुख शिक्षा तथा तालिम ढाँचाको सिर्जना गर्नुका साथै कम अपराधी व्यक्तिलाई आतंकवाद र उग्रवादबाट उम्काएको छ।

सो केन्द्रले खाना र बसाइ निःशुल्क उपलब्ध गराउनुका साथै विद्यार्थीलाई चिनियाँ भाषा, कानून र एक दुई वटा कौशल पनि सिकाउँछ। केही विदेशी मिडियाले पक्राउ, जेल, एकान्त शिविर आदि शब्द प्रयोग गरेर केन्द्रमाथि जथाभावी रुपमा प्रचार गरेपनि केन्द्रमाथि विद्यार्थीको अनुभव नै सत्य-तथ्य कुरा नै हो। विद्यार्थी इमाम हासानले केन्द्रबाट स्नातक भएपछि सरकार र केन्द्रका नेताको सहयोगमा खाशको भोजन प्लाजामा व्यापार गर्न थाले र हालसम्म खोलेको चार महिनामै आधा लागत फिर्ता लिइसकेका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु