फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हालसम्म चार हजार विद्यालय पुनःनिर्माण

(GMT+08:00) 2019-03-13 15:48:02
विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन्। पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ(शिक्षा)का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार ४३७, निर्माण व्यवसायीमार्फत ३१४ र गैरसरकारी क्षेत्रबाट २९२ विद्यालय गरी कूल दुई हजार ४३ विद्यालय निर्माणाधीन अवस्थामा रहेको जानकारी दिएका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार समूहको आयोजनामा काभ्रेको धुलिखेलमा आयोजित छलफल कार्यक्रममा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काठमाडौँ र भक्तपुरमा एशियाली विकास बैंक एडिबी, अमेरिकी सहयोग संस्था युएसएड र नेपाल सरकारको रु. ९.६ अर्ब बजेटमा १५४ विद्यालय निर्माण गर्ने लक्ष्य रहेकामा ४१ विद्यालय निर्माण सम्पन्न भएका र ११३ विद्यालय अझै निर्माण हुन बाँकी रहेको जानकारी दिएको राससले जनाएको छ।

जापान सरकार र नेपाल सरकारको १२ प्रतिशतको बजेटमा दोलखा, रामेछाप, गोरखा, धादिङ, ललितपुर, नुवाकोट, रसुवा र मकवानपुरमा सबै विद्यालयको ६६ प्रतिशत काम सम्पन्न भएको छ।

परियोजना कार्यान्वयन एकाइ काभ्रे कार्यालयका वरिष्ठ अधिकारी निर्मल घिमेरेले आपत्कालीन विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत ललितपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट र मकवानपुरका २३६ विद्यालय नेपाल सरकार र जापानी सहयोग संस्था जाइकाको ऋण सहयोग गरी रु १४ अर्बमा र नेपाल सरकारको बजेट स्रोतमा सञ्चालन गर्दै आएकामा हालसम्म ४१ प्रतिशत विद्यालय निर्माण भएका छन्।

जानकारी तथा लेखहरु