फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकामा बाटोको नाम 'माउन्ट एभरेष्ट'

(GMT+08:00) 2019-03-13 15:48:25
अमेरिकाको न्यूयोर्क राज्य सरकारले नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई 'माउन्ट एभरेष्ट वे' नामाकरण गरेको छ। न्यूयोर्क राज्य सरकारले गत शनिबार एक कार्यक्रमको आयोजना गरी नेपालीको बाक्लो बस्ती रहेको ज्याक्सन हाइटस्थित ७५ स्ट्रिटको २५ देखि ३१ एभिन्युसम्मको बाटोलाई माउन्ट एभरेष्ट वे नामाकरण गरेको हो।

उक्त नामाकरण कार्यक्रमको अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की र काउन्सिल म्यान कोष्टा कोन्स्टीडिनेजले संयुक्त रुपमा उद्घाटन गरेका थिए। काउन्सिल म्यान कोष्टाले गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका, न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारीलाई माउन्ट एभरेष्ट वे लेखिएको सडक चिन्हको बोर्ड हस्तान्तरण गरेका थिए।

नेपालीभाषी समुदायको हितमा काम गर्दै आएका कोष्टा डेमोक्राटिक पार्टीका नेता हुन्। सिटी काउन्सिल मेम्बर कोष्टाले नामाकरणको प्रस्ताव न्यूयोर्क सिटी काउन्सिलको बैठकबाट पास गरेका थिए।

सो अवसरमा राजदूत कार्कीले यस्ता कार्यक्रमले अमेरिकी सरकारद्वारा नेपालीको लागि दिइएको उच्च सम्मान झल्किएको बताए। एनआरएन न्यूर्योक च्याप्टर अध्यक्ष अधिकारीले आफ्नो समुदायको तर्फबाट लामो समयदेखि पहल गर्दै आएको काममा सफलता मिलेकोमा खुसी व्यक्ति गरे। साथै न्यूयोर्क राज्य सरकारले सर्वोच्च शिखर सगरमाथाको नामबाट बाटोलाई 'माउन्ट एभरेष्ट वे' नामाकरण गरेर नेपाली र नेपालको उच्च सम्मान गरेको बताए।

नेपाल सरकारका वाणिज्य दूतावास र सिटी काउन्सीलको संयुक्त आयोजनामा भएको माउन्ट एभरेष्ट वे घोषणा तथा स्ट्रिट फेस्टिभल कार्यक्रममा न्यूयोर्क तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको बाक्लो उपस्थिति थियो।

जानकारी तथा लेखहरु