फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा आधारभूत निकायबाट निर्वाचित जन काँग्रेसका प्रतिनिधिहरुसँग कुराकानी

(GMT+08:00) 2019-03-13 16:23:20

विभिन्न ठाउँको निरिक्षण गर्नहोस् वा चीनका दुई वटा अधिवेशनको अवधिमा विभिन्न टोलीका छलफल तथा लेखाजोखामा सहभागी हुन चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले आधारभूत निकायको आवाज निष्ठापूर्वक सुन्ने गर्नुहुन्छ।

चालू वर्षमा आयोजित चीनका दुई वटा अधिवेशनको अवधिमा घाँसे-मैदानबाट आएका पशुपालक प्रतिनिधि, खेतबाट आएका किसान प्रतिनिधि,निजी व्यवसायीका प्रतिनिधि, गरिब क्षेत्रका प्रतिनिधिले चीनका सर्वोच्च नेता सी चिन फिङसँग प्रत्यक्ष रुपमा कुराकानी गरेका छन्। हरित विकास, ग्रामिण क्षेत्रको पुन:उत्थान, स्वरोजगार तथा गरिबी निवारण लगायत विषयहरु उनीहरु र सी चिन फिङ बीचको कुराकानीको चर्चित विषय बनेका छन्।

घाँसे मैदानबाट आएका मंगोलिया जातिका प्रतिनिधि वु युन पोले सी चिन फिङलाई उनको जन्मस्थल गाजा आउन निमन्त्रणा दिए। पोसँगको कुराकानीपछि सी चिन फिङले उनलाई प्रसिद्ध मार्का बनाउन प्रोत्साहन गर्नुभयो।

ह नानको प्रतिनिधि मण्डलसँग कुराकानी गर्ने क्रममा किसानहरुका प्रतिनिधि ली लेन छङले गाउँबासीहरुको खाने लाउने सपना, पढ्ने सपना तथा स्वास्थ्य सपना सी चिन फिङलाई सुनाए। त्यसको जवाफमा सी चिन फिङले वर्तमान ग्रामिण क्षेत्र धेरै काम गर्नसक्ने एउटा ठूलो खेत भएको र ग्रामिण क्षेत्रप्रति आशावादी आफू रहेको बताउनुभयो।

फु चेनको प्रतिनिधि मण्डलसँग कुराकानी गर्ने क्रममा आन था कम्पनीका प्रबन्धक तिङ श चुङले सी चिन फिङलाई अठार वर्षअघि एउटा सानो कम्पनीबाट विकास भएर अहिलेको खेलकुद उत्पादक बस्तु सम्बन्धी विश्वको तेस्रो स्थानमा रहेको आन था कम्पनीले आविष्कार तथा सुधारबाट राष्ट्रिय मार्का बनाएको कथा सुनाए। सुनेपछि सी चिन फिङले उनको प्रशंसा गर्नुभयो।

फु चेन प्रान्त र थाई वान बीच जल डमरु रहेको छ। फु चेन प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै सी चिन फिङले दुई किनाराको एकिकृत विकासलाई गहन पार्नुपर्ने विचार प्रस्तुत गर्नुभयो।

कान सु प्रान्त चीनको एउटा"ठूलो गरिब प्रान्त"हो। चालू वर्षमा सी चिन फिङले पहिलो पटक कान सुन प्रतिनिधि मण्डलसँग कुराकानी गर्नुभयो। उहाँले सो प्रतिनिधि मण्डलका प्रतिनिधिहरुलाई गरिबी निवारणका लागि अथक प्रयास गर्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु