फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यद्वारा चाइना मिडिया ग्रुपका ५ जी प्लस ४ के नयाँ प्रविधिको उच्च मूल्याङ्कन

(GMT+08:00) 2019-03-13 16:26:01

यस वर्षका दुई अधिवेशन अवधिमा चाइना मिडिया ग्रुपका ५ जी प्लस ४ के नयाँ प्रविधि अधिवेशन स्थलमै प्रदर्शन गरिएको छ। राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि र जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूले त्यस नयाँ प्रविधिको सराहना गर्नुका साथै चाइना मिडिया ग्रुपले मिडिया प्रसारण तरिकामा चालेको सिर्जनशील कदमको उच्च मूल्याङ्कन गरेका छन्। ५ जी नेटवर्क प्रसारण वातावरणमा बनाइएको नयाँ सिर्जनशील ४ के कार्यक्रमको अनुभव गरेपछि जन राजनीतिक परामर्शदात्री सम्मेलनका अधिकांश सदस्यहरूले अझ बढी उत्कृष्ट सिर्जनशील र आदान-प्रदान कार्यक्रम देख्नसक्ने आशा पनि व्यक्त गरेका छन्।

यस वर्षका दुई अधिवेशन अवधिमा चाइना मिडिया ग्रुपले जन बृहत् सभा भवनमा मिलिजुली मिडिया प्रदर्शन चौतारोको स्थापना गरेको छ। त्यस चौतारोमा ५ जी प्लस ४ के बिशाल पर्दा पनि खडा गरिएको छ। त्यस बिशाल पर्दाबाट चाइना मिडिया ग्रुपले नयाँ प्रविधिमार्फत बनाएका विविध किसिमका कार्यक्रमको प्रसारण गरिएको छ।

जानकारी तथा लेखहरु