फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरुद्वारा वैदेशिक व्यापार लगानी कानून मस्यौदा-प्रस्तावमाथि लेखाजोखा

(GMT+08:00) 2019-03-13 16:55:53
वैदेशिक व्यापार लगानी सम्बन्धमा कानून मस्यौदा-प्रस्तावमाथि लेखाजोखा गर्नु तथा त्यसबारे मत हाल्नु हाल पैचिङमा जारी तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनको एउटा महत्वपूर्ण कार्यसूचि हो।

चीनमा वैदेशिक व्यापार लगानी गर्ने क्षेत्रमा एउटा नयाँ आधारभूत कानूनको रुपमा ध्यानाकर्षण भएको यस कानूनी मस्यौदा-प्रस्तावमा वैदेशिक लगानी भित्र्याउने, र त्यसको सँरक्षण तथा व्यवस्थापन लगायत विषयहरुमा एकिकृत नियमको तर्जुमा गरिएको छ।

राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरुले सो कानूनी मस्यौदा-प्रस्तावमाथि निष्ठापूर्वक लेखाजोखा गर्दै वैदेशिक व्यापारी लगानी गर्ने कानूनको तर्जुमा तथा त्यसको पालना गर्नुले नयाँ चरणको उच्च स्तरीय खुलापनका लागि अरु सशक्त कानूनी प्रत्याभूति दिने दाबी गरेका छन्।

प्राप्त तथ्याङ्क अनुसार,सुधार तथा खुलापन भएको ४० भन्दा बढी वर्षदेखि चीनले कूल २१ खर्ब अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्र्याएको छ। वितेका धेरै वर्षदेखि सबैभन्दा बढी वैदेशिक लगानी भित्र्याउने विकासोन्मुख मुलुक चीन रहँदै आएको छ।

चिनियाँ राष्ट्रिय जन काँग्रेसकी प्रतिनिधि,राष्ट्रिय जन काँग्रेसको संविधान तथा कानून परिषदकी सदस्य चङ शु नाले वैदेशिक लगानी सक्रियताका साथ भित्र्याउनु तथा त्यसको उपयोग गर्नु विदेशका लागि खुलापनको विस्तार तथा खुला ढाँचाको नयाँ आर्थिक प्रणालीको गठन गर्नका लागि एउटा महत्वपूर्ण विषय रहेको हुनाले पूर्ण कानूनी प्रत्याभूति हुनुपर्ने ठहर गरेकी छन्।

जानकारी तथा लेखहरु