फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई अधिवेशन अवधिमा धेरै चिनियाँ अधिकृतद्वारा खुलापनलाई अझ विस्तार पारिने कदमबारे चर्चा

(GMT+08:00) 2019-03-13 18:39:55
बितेका केही दिनयता चीनका धेरै अधिकारीहरूले दुई अधिवेशनको अवधिमा सारा संसारका विभिन्न सञ्चार-माध्यमसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्दै विभिन्न क्षेत्रमा भइरहेको खुलापन र सहकार्य सम्बन्धी वास्तविक कदमबारे स्पष्टसँग जानकारी दिएका छन्। साथै उनीहरूले खुलापनको अझ विस्तार गर्ने र अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत पार्ने चीनको अठोट पनि देखाएका छन्।

दुई अधिवेशनको अवधिमा खुलापनको अझ विस्तार गर्ने, विभिन्न क्षेत्र र विभिन्न तरिकामार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउने भन्ने कुरा ध्यानाकर्षणको विषय बनेको देखिन्छ। त्यसमध्ये सबैभन्दा आर्थिक विषय अर्थात् वैदेशिक व्यापार लगानी ऐनको मस्यौदालाई लेखाजोखा गर्नका लागि राष्ट्रिय जन काँग्रेसको वार्षिक सम्मेलनसमक्ष पेश गरिएको छ। राष्ट्रिय जन काँग्रेस स्थायी समिति अन्तर्गत कानूनी कार्य परिषद्का उपप्रमुख लिउ च्युन छ्नका अनुसार, चीनको सुधार र खुलापन लागू भएको ४० वर्षपछिको पहिलो वसन्त ऋतुमा राष्ट्रिय जन काँग्रेसले वैदेशिक व्यापार लगानी ऐनको मस्यौदाको लेखाजोखा गर्ने कुराबाट सुधार र खुलापनलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने चीनको दृढ अठोट र विचार स्पष्टसँग प्रतिबिम्बित गरिएको छ।

जानकारी तथा लेखहरु