फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लमजुङ महोत्सवमा २० करोडको कारोवार

(GMT+08:00) 2019-03-14 16:12:54
लमजुङको बेंसीसहरमा सञ्चालित गण्डकी प्रदेशस्तरीय छैटौं लमजुङ महोत्सवमा २० करोड रुपियाँको कारोवार भएको छ। फागुन १९ गतेदेखि फागुन २९ गतेसम्म सञ्चालन गरिएको महोत्सवमा २० करोडको आर्थिक कारोवार भएको आयोजक लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ।

जिल्लामै उद्यमी बनाउने र आर्थिक विकासमा टेवा पुर्याइने लक्ष्यका साथ महोत्सव सञ्चालन गरिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताएको गोरखापत्र अनलाइनले लेखेको छ।

उनका अनुसार २ लाख दर्शकले महोत्सवको अवलोकन गरेका छन्। साथै महोत्सवमा २ सय ५० वटा स्टल राखिएको र २५ लाख रुपियाँको टिकट विक्री भएको बताए।

उद्योग वाणिज्य संघका पर्यटन प्रबर्द्धन उपसमितिका संयोजक रामकुमार श्रेष्ठले महोत्सवले परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रबर्द्धन गर्न सघाउ पुर्याएको बताए।

उनका अनुसार महोत्सवमा शिक्षा क्षेत्र अन्तर्गत विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पुस्तक प्रदर्शनी तथा विक्री कक्ष, आइ टी प्रदर्शनी राखिएको थियो। यस्तै, गण्डकी प्रदेशभित्र रहेका विभिन्न लोक सांस्कृतिक प्रदर्शनी, लोक दोहोरी गीत कार्यक्रम, राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मशताब्दी विशेष साहित्यिक मेला, झाँकी तथा र्याली प्रदर्शनी, विधि मनोरञ्जनात्मक कार्यक्रम, विज्ञान प्रदर्शनी, नाटक प्रदर्शनी, सरकारी तथा गैरसरकारी निकायको गतिविधि प्रदर्शनी, गृहिणी नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो।

जानकारी तथा लेखहरु