फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली कलाको भर्चुअल म्युजियम संञ्चालनमा

(GMT+08:00) 2019-03-14 16:13:20
नेपालबाट बाहिरिएका संसारभर विभिन्न म्युजियममा रहेका ऐतिहासिक कला र मूर्तिहरुबारे जानकारी गराउन ग्लोबल नेपाली म्युजियम डटकम संञ्चालनमा ल्याइएको छ। भर्चुअल म्युजियमको रुपमा संञ्चालनमा ल्याएको यस वेवसाइट नेपालबाट बाहिरिएका झण्डै एक हजार हाराहारी विभिन्न कला र मूर्तिहरुको विवरण राखिएको छ।

चित्रकला, कन्टेम्प्रोरी आर्ट, मूर्तिकला र सांस्कृतिक वस्तु गरी चार विधामा नेपालबाट बाहिरिएका कलाहरुलाई वर्गीकृत गरिएर विवरणमा राखिएको नागरिकन्यूजले लेखेको छ। नेपालबाट धेरै कलाहरु बाहिरिएर संसारभरको विभिन्न म्युजियममा पुगेको र यस्ता कलाहरुबारे नेपालीहरुलाई जानकारी गराउन ग्लोबल नेपाली म्युजियमको संञ्चालन गरिएको ग्लोबल नेपाली म्युजियम डटकमका संञ्चालक रोशन मिश्रले बताए। साथै विवरण संकलन गर्ने क्रममा विभिन्न म्युजियमहरुसँग स्वीकृतिसमेत लिइरहेको पनि बताए।

नेपाली कलासम्बन्धी अध्ययन र अनुसन्धान गर्न चाहनेहरुलाई लक्षित गरेर संञ्चालन गरिएको भर्चुअल म्युजियममा संसारभरका १८ वटा म्युजियममा रहेको नेपालसम्बन्धी कलाहरुको विवरण राखिएको छ। नेपालबाट बाहिरिएको कलाहरुको विवरणहरु नभएकाले यसलाई डाटाबेसको रुपमा प्रयोग गर्न सकिने पनि मिश्रले बताए।

जानकारी तथा लेखहरु