फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतद्वारा वातावरणीय सँरक्षणलाई अघि बढाइएको

(GMT+08:00) 2019-03-14 16:14:33
तिब्बत स्वायत्त प्रदेश चीनको छिङहाई-तिब्बत पठारभूमिमा अवस्थित छ। त्यसलाई "हजारौं पहाडको पर्खाल तथा लाखौं जलको उत्पति"भनिन्छ। त्यहाँको भौगोलिक स्थिति अग्लो तथा खतरनाक छ। त्यहाँ प्रशस्त जङ्गली जनावर तथा वनस्पति स्रोत, जल स्रोत तथा खानी स्रोत रहेका छन्। तिब्बतको तुलनात्मक रुपमा कम्जोर रहेको पर्यावरणीय वातावरणको सँरक्षण तिब्बतका लागि मात्र होइन, चीनका अरु क्षेत्र तथा एसियाका अरु छिमेकी देशहरुका लागि पनि अर्थपूर्ण रहेको छ।

चालू वर्षको राष्ट्रिय जन काँग्रेस तथा जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशनमा तिब्बतका प्रतिनिधि तथा सदस्यहरुले तिब्बतमा पर्यावरणीय वातावरणको सँरक्षण सम्बन्धी अवस्थाबारे जानकारी गराएका छन्।

राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत ल्हासा शहरका उप-सचिव, ल्हासा शहरका मेयर कोकोले तिब्बतका लागि पर्यावरणीय वातावरणको सँरक्षण प्राथमिक स्थानमा रहेकाले सम्बन्धित कार्य कहिल्यै पनि शिथिल नभएको जानकारी दिए।

राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत लिन्च शहरका उप-सचिव, लिन्च शहरका मेयर वाङ त्वैले लिन्च शहरले केही वर्ष यता छुट्याइएको रकम, कानून, अनुगमन तथा व्यवस्थापन लगायत धेरै क्षेत्रमा वातावरणीय सँरक्षण गरेको जानकारी दिए।

जानकारी तथा लेखहरु