फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई अधिवेशनका प्रतिनिधि र सदस्यहरूद्वारा सी चिन फिङका महत्वपूर्ण मन्तव्यसम्बन्धमा उत्साहजनक प्रतिकृया

(GMT+08:00) 2019-03-14 18:45:23
चालु वर्ष चीनका दुई अधिवेशन अवधिमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि र जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूसित धेरै पटक आदान-प्रदान गर्दै देशका विभिन्न क्षेत्रका सम्बद्ध विषयबारे विचार-विमर्श गर्नुभएको छ।

सबैको चासो रहेका पर्यावरणीय सभ्यताको निर्माण, गरिबी निवारण, कठिनाईलाई जित्नु, ग्रामणी क्षेत्रको पुन:उत्थान र वाणिज्य कारोबार चलाउने वातावरणको सुधार लगायतका ध्यानाकर्षणको विषयबारे चर्चा गर्दै चीनका सर्वोच्च नेताले केही प्रतिनिधि र सदस्यहरूसित विस्तृत रुपमा वैचारिक आदान-प्रदान गर्नुभएको छ। ती प्रतिनिधि र सदस्यहरूले महासचिवको मन्तव्यबाट उनीहरूको विश्वासलाई बढाइएको बताउँदै महासचिवको कुरालाई मनमा राखेर अथक प्रयासमार्फत चालू वर्षका विभिन्न कार्य राम्रोसँग गर्नुपर्ने अठोट पनि व्यक्त गरेका छन्।

सी चिन फिङले तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशन अन्तर्गत भित्री मङ्गोलिया प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा सहभागी हुँदै‍ पर्यावरणीय प्रणालीको सँरक्षणलाई सबल पार्नुका साथै प्रदूषण नियन्त्रण र प्रतिरोधात्मक लडाईं चलाउनुपर्ने औँल्याउनुभएको छ।

ह नान प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा सहभागी हुँदै राष्ट्राध्यक्ष सीले ग्रामीण क्षेत्रको पुन:रुत्थान रणनीतिको कार्यान्वयन गर्नका लागि महत्पूर्ण आदेश दिनुभएको छ।

कान्सु प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा सहभागी हुँदै राष्ट्राध्यक्ष सीले गरिबी निवारण र कठिनाईलाई जित्नका लागि करिब दुई वर्ष मात्र बाँकी भएकाले अथक प्रयासमार्फत राम्रोसँग विभिन्न काम गर्न जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु