चीनका प्रधानमन्त्री ली ख छ्याङले आज पन्ध्र तारिख पैचिङमा पत्रकारसँग कुराकानी गर्दै चीनले बजारको शक्तिलाई उत्तेजित गर्ने र बजारको वास्तविकताको रचनात्मकतालाई निकाल्न अडिग रहिरहने बताउँदै यसबाट आर्थिक विकास उचित दायरामा राखेर उच्च गुणस्तरीय विकासलाई बढाउनसकिने व्यक्त गर्नुभयो। चीनको अर्थतन्त्र विश्व अर्थतन्त्रको स्थीरताका लागि महत्वपूर्ण सहारा भइरहने पनि ली ख छ्याङले उल्लेख गर्नुभयो।
ली ख छ्याङले यस वर्ष अनिश्चित तत्व धेरै रहेकाले संशोधित दायरा राखिसकेको भन्दै नयाँ अवस्थाको सामना गर्न परे पनि वर्तमान र दीर्घकालीन स्थितिको आधारमा चीनको अर्थतन्त्र स्थीर रहने र दीर्घकालीन रुपमा राम्रो प्रवृत्ति कायम राख्ने पनि दोहोर्याउनुभयो।