फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगानी सम्मेलनको तयारी तीव्र

(GMT+08:00) 2019-03-15 15:20:54
लगानी प्रबर्द्धनका लागि चैतको दोस्रो साता आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी तीव्र पारिएको छ। चैत १५ र १६ गते काठमाडौँमा हुने सम्मेलनमा दुईसय स्वदेशी र ३२८ विदेशी संस्थाले सहभागिता जनाउने निश्चित भइसकेको गोरखापत्रअनलाईनले लेखेको छ।

सम्मेलनमा अहिले विभिन्न देशबाट लगानीकर्ता, विकास साझेदार, कूटनीतिक प्रतिनिधि, विज्ञलगायत पाँचसय जनाभन्दा बढी विशिष्ट व्यक्तित्व आउने निश्चित भएको लगानी बोर्डले जनाएको छ।

लगानी बोर्डले तयार गरेका ३५ र निजीक्षेत्रले तयार गरेका ११ वटा परियोजनाका विस्तृत खाका बनाएको बताउँदै बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले सम्मेलनमा नेपालमा लगानीका सम्भाव्य आयोजनाहरूको विस्तृत विवरण देखाउने तयारी रहेको बताए। लगानीकर्ताले सम्मेलनकै क्रममा आफूले चाहेको परियोजनामा प्रस्ताव पेश गर्न सक्ने व्यवस्था मिलाएको पनि उनले बताए।

सम्मेलन आयोजनाका लागि विगतमा विभिन्न आशङ्का गरिए पनि हाल ती सबै समस्या सुल्झिएको र सरोकारवाला सबै निकाय सक्रियताका साथ सम्मेलनका लागि जुटेको उनले स्पष्ट पारे।

जानकारी तथा लेखहरु