फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विश्वव्यापी नेतृत्वलाई अमेरिकाको तुलनामा उच्च अनुमोदन मूलयाङ्कन

(GMT+08:00) 2019-03-15 15:21:42
दि ग्यालप अर्गनाइजेसनको नविनतम रिपोर्टअनुसार, सन् २०१८ मा चीनको विश्वव्यापी नेतृत्व अमेरिकाको तुलनामा उच्च रहेको छ। अमेरिकी जनमत सर्भेक्षण सञ्चालक, दि ग्यालप अर्गनाइजेसनले बिहिबार उक्त रिपोर्ट जारी गर्दै चीनको मिडियन एप्रोभल रेटिङ अर्थात् औसत अनुमोदन मूल्याङ्कन ३४ प्रतिशत पुगेको र यो तथ्याङ्क पछिल्लो दशकमा सबैभन्दा उच्च बिन्दूमा पुगेको उल्लेख गरेको छ।

'ग्यालप्स रेटिङ वल्ड लिडर्स २०१९' नाम दिइएको उक्त रिपोर्टले अमेरिका, चीन, जर्मनी, रूसलगायत एक सय तीस वटा मुलुकमा सर्भेक्षण गरेको थियो।

रिपोर्ट अनुसार, चिनियाँ नेतृत्व क्षमताको औसत अनुमोदन मूल्याङ्कन ३४ प्रतिशत, रुसको ३० प्रतिशत जर्मनीको सबैभन्दा अगाडि ३९ प्रतिशत र अमेरिकाको स्थान झर्दै ३१ प्रतिशत रहेको छ।

सन् २०१७ मा अमेरिका र चीन झण्डैझण्डै बराबरी स्थानमा थियो भने पछिल्लो तथ्याङ्का अमेरिकालाई उछिनेको छ।

चीनले छिमेकी देश पाकिस्तानबाट सबैभन्दा धेरै ७३ प्रतिशत स्वीकृति पाएको छ भने अफ्रिकी देशहरूबाट ५३ प्रतिशत पाएको छ।

जानकारी तथा लेखहरु