फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा चीन तथा अमेरिकाको प्रभाव बदलिएको कुराबाट केही स्पष्ट देखिन्छ कि?

(GMT+08:00) 2019-03-15 15:30:47
अमेरिकाको जनमत सर्भेक्षण सम्बन्धी प्रसिद्ध संस्था दि ग्यालप अर्गनाइजेसनको पछिल्लो रिपोर्टका अनुसार, चीनले विश्वको नेतृत्व गर्ने सम्बन्धमा विश्वको ३४ प्रतिशतका जनताले समर्थन गरेका छन्। साथै विश्वका ३१ प्रतिशतका जनताले मात्र अमेरिकाले विश्वको नेतृत्व गर्ने सम्बन्धमा समर्थन गरेका छन्। सन् २००८ मा अन्तर्राष्ट्रिय बैंकिंग संकट देखा परेदेखि यस सर्भेक्षणमा चीनको स्थान अमेरिकाभन्दा अगाडि रहेको यो दोस्रो पटक हो।

सो रिपोर्टका अनुसार, युरोप, एशिया तथा अफ्रिकामा विश्वको नेतृत्व गर्ने मुलुक चीन हुने कुरालाई मान्ने सँख्या अमेरिकाको भन्दा बढी छ।

सन् २००८ मा अमेरिकाको सबप्राइम ऋण सँकटको असरमा विश्वमा बैंकिंग सँकट देखा परेको थियो। त्यस वर्ष चीन विश्व अर्थतन्त्र उद्धार गर्ने सशक्त शक्ति बनेको थियो। त्यस वर्षमा विश्वको नेतृत्व गर्ने दक्षता पहिलो पटक अमेरिकाभन्दा बढेको थियो।

वितेका केही वर्षदेखि चीनले "सिर्जनात्मक,समन्वयात्मक,हरित,खुला तथा सँयुक्त रुपमा उपभोगयुक्त"विकासको अवधारणाको डटेर हरेक वर्ष करोडौं जनसँख्यालाई गरिबी अवस्थाबाट मुक्त गरी १२३ मुलुक तथा २९ अन्तर्राष्ट्रिय सँगठनसँग"बेल्ट एण्ड रोड"सम्झौतामा हस्ताक्षर गरेको छ। जसबाट विश्व विकासका अवरोध हटाउन सकिनेछ।

जानकारी तथा लेखहरु