फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा वैदेशिक व्यापार लगानी ऐन पारित

(GMT+08:00) 2019-03-15 15:31:43
तेह्रौं राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशन आज मार्च १५ तारिख बिहान पैचिङमा सम्पन्न भएको छ। अधिवेशन सम्पन्नसँगै चीनले वैदेशिक व्यापार लगानी ऐन पनि पारित गरेको छ। आगामी सन् २०२० को जनवरी १ तारिखदेखि लागू गरिने सो कानूनले वैदेशिक व्यापारका लागि लगानी लगाउने पूर्वाधार, प्रबर्द्धन, सँरक्षण र व्यवस्थापन आदि विषयबारे एकीकृत रुपमा नियम तोक्नुका साथै वैदेशिक व्यापार लगानी सम्बन्धी चीनको नयाँ ढाँचाको कानूनी व्यवस्थाको आधारभूत प्रारुपलाई पनि निश्चित पारेको छ। जुन चीनको वैदेशिक व्यापार लगानी क्षेत्रमा निर्देशनात्मक भूमिका रहेको आधारभूत कानून बनेको छ।

आजै बिहानको समापन समारोहमा राष्ट्रिय जन काँग्रेसका लगभग ३ हजार प्रतिनिधिले आफ्नो अधिकारको सदुपयोग गर्दै उक्त वैदेशिक व्यापार लगानी ऐनलाई मतदान गरी पारित गरेका छन्। त्यस ऐनबाट राष्ट्रिय विधायकको तरिकामार्फत चीनले सुधार र खुलापनलाई सम्पूर्ण रुपमा कार्यान्वयन गर्दै जाने अठोट र दृढ विचार पनि प्रष्ट गरिएको छ।

राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चान शुले समापन समारोहलाई सम्बोधन गर्दै त्यस ऐनका सम्बद्ध धारणालाई व्यवहारमा उतारेर उच्चस्तरीय वैदेशिक खुलापनद्वारा अर्थतन्त्रको उच्च गुणस्तरीय विकासलाई अघि बढाँउँदै जाने पनि औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु