फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुर्केखोला विद्युतको काम अन्तिम चरणमा

(GMT+08:00) 2019-03-17 16:52:20
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ मा निर्माणाधीन सुर्केखोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। बुङको खिरौले क्षेत्रमा निर्माणाधीन जलविद्युत्को काम ८५ प्रतिशत सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष पेम्बा ग्याल्जेन शेर्पाले बताउनुभयो। ३० किलोवाट विद्युत् उत्पादन क्षमताको आयोजनाको बाँकी काम आगामी एक महिनामा सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिएको नागरिक अनलाइनले लेखेको छ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ८५ लाख ५० हजार अनुदानमा निर्माण सुरु गरिएको लघुजलविद्युत् आयोजना निर्माणमा तत्कालीन बुङ गाविसबाट करिब १७ लाख लगानी गरिएको थियो। सो जलविद्युत्का लागि महाकुलुङ गाउँपालिकाबाट १० लाख, प्रदेश सभा 'क'अन्तर्गत निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट १५ लाख विनियोजन गरिएको छ भने नेपाल हिल्फे बोन जर्मनीको ७० लाख सहयोग प्राप्त भएको अध्यक्ष शेर्पाले जनाउनुभयो।

उक्त आयोजना निर्माणपछि महाकुलुङका खिरौले, नाजिङ, छाराखोर, चोलेमखर्क, गाईखर्कका बस्ती अन्धकारमुक्त हुनेछ। चेरेमका नागरिकलाई पनि उज्यालोमा राख्ने योजना बनाइएको निर्माण समितिले जनाएको छ।

जानकारी तथा लेखहरु