फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तरिक्ष यानको इञ्जिनियरिङदेखि राष्ट्रिय जन काँग्रेसको प्रतिनिधिसम्म

(GMT+08:00) 2019-03-18 11:09:24

वसन्त चाडपछि चीनको च्याङ सु प्रान्तमा अझै चिसो छ। तैपनि च्याङ सु प्रान्तको चन च्याङ शहर अवस्थित अन्तरिक्ष हाईयिङ विशेष किसिमका निर्माण वस्तु लिमिटेड कम्पनीको जडान कारखानामा कामदारहरुले जोडतोडसँग काम गरिरहेको रमाइलो दृश्य देख्न पाइन्छ। तर कारखानामा वाङ वै नामक च्याङ सु प्रान्तीय प्रसिद्ध प्राविधिज्ञ देख्न पाइँदैन। किनकि तेह्रौं राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिको हैसियतले अर्को दिन शाङहाईको कारखानातर्फ प्रस्थान गर्नका लागि हाल उत्पादन लाइनमै काम हस्तान्तरणमा व्यस्त रहनुभएको थियो।

गत सन् २०१५ मा अन्तरिक्ष हाईयिङ विशेष किसिमका निर्माण वस्तु लिमिटेड कम्पनीले सी ९१९ विशाल जेट विमानको पछाडिको भाग जडान गर्ने कार्यभार पाएको थियो। तर त्यति बेला च्याङ सु प्रान्तका पेशागत प्रविधि विद्यालयमा परम्परागत प्रविधि तालिम दिने विभाग मात्र रहेको अर्थात् जेट विमानको बनौट जडान गर्ने अग्रप्रविधि सिकाउने विभाग थिएन। पहिलो राष्ट्रिय उत्पादित विशाल यात्रु वाहक जेट विमानको जडान गर्ने कार्यभार बहन गर्नका लागि कम्पनी मातहतको जडान टोलीका युवा कामदारहरूले शाङहाईमा करिब एक महिनासम्म जडान सम्बन्धी तालिम लिएका थिए। ल्याउ फान नामक पुरुष ती युवा कामदारहरूमध्येको एक हुनुहुन्छ। उहाँ यसरी भन्नुहुन्छ:

पहिलो सी ९१९ विशाल जेट विमानको जडान गर्ने कुराहरू मलाई अझै याद छ। त्यति बेला हामीसँग कुनै अनुभव थिएन। किनभने हामीले त्यस किसिमको जेट विमान कहिल्यै‍पनि देखेका थिएनौं। एक महिनासम्म मात्र तालिम लिए तापनि गुरुले हामीलाई सम्बद्ध विज्ञानहरूबारे चर्चा गर्नुभयो। वास्तवमा हामीले साँच्चिकैको वस्तुलाई कहिल्यै देख्न पाएका थिएनौं। वाङ वै नामक प्राविधिज्ञ आउनुअघि हामीले धेरै गल्ती पनि गरेका थियौं।

सन् २०१५ को अन्त्यमा वाङ वै आफ्नो जन्मथलो शनयाङबाट चन च्याङ शहर अवस्थित अन्तरिक्ष हाईयिङ विशेष किसिमका निर्माण वस्तु लिमिटेड कम्पनीमा भर्ना भई जडान टोलीका जिम्मेवार व्यक्ति बन्नुभएको हो। सी ९१९ विशाल जेट विमानको पछाडिको भागमा प्रयोग गरिने निर्माण वस्तु परम्परागत विमानको तुलनामा निकै फरक भएकाले यसको निर्माण वस्तु केही हल्का, बलियो तर बिग्रन सकिने खालको विशेषता रहेको छ। यस्तो निर्माण वस्तुको विशेषता र जटिलता भएकाले जडान गर्नका लागि अझै अप्ठ्यारो हुनेछ। त्यसै सन्दर्भमा जडान गर्ने कामलाई सुनिश्चितता दिलाउनका लागि वाङ वैले विभिन्न किसिमका निर्माण वस्तुको विशेषता बमोजिम स्वयम आफैंले कार्य-कौशल र गुणस्तरलाई माथि उकास्ने शृंखलाबद्ध सहायक साधनहरूको पनि अनुसन्धान गर्नुभएको छ।

कामदार ल्याउ फानका अनुसार, वाङ्ग वै सो कम्पनीमा भर्ना हुनुअघि पहिले सी ९१९ विशाल जेट विमानको पछाडिको भागको जडान कार्यमा दशौं पटकभन्दा बढी गल्ती देखा परेको थियो। उनीहरूले बाध्य भएर पछि सच्याउने र समन्वय गर्ने गरेका थिए। वाङ वै आउनुभएपछि अर्थात् तेस्रो र चौथो सी ९१९ विशाल जेट विमानको जडान गर्ने क्रममा गल्तीको संख्यालाई एक अङ्कभित्र नियन्त्रण गर्न सकिएको छ। उहाँ यसरी भन्नुहुन्छ:

अहिले जाँचबुझबाट उत्तीर्ण गरिने दर अपेक्षाकृत उच्च रहेको देखिन्छ। के भन्नसकिन्छ भने हाम्रो कार्य-कुशलता पनि ठूलो परिधिमा माथि उकासिएको छ।

जडान कारखानामा कार्यरत् युवा कामदारहरू छिटोभन्दा छिटो जडान गर्ने सम्बद्ध प्रविधि सिपालुसँग चलाउन सक्षम हुनका लागि वाङ वैले आफ्नो धेरै वर्षको अनुभव बमोजिम ती युवा कामदारहरूलाई श्रृंखाबद्ध प्रणाली र वास्तविक अभ्यासको तालिम दिनुभएको छ। त्यसै गरी छोटो समयमा ल्याउ फान लगायतका युवा कामदारहरूको प्राविधिक स्तर ठूलो मात्रामा उकासिएको देखिन्छ। हाल ल्याउ फान प्रमुख रहनुभएको एक जडान टोलीले स्वतन्त्र रुपमा सी ९१९ विशाल जेट विमानको पछाडिको भागको जडान कार्य सफलताका साथ सिध्याउन सक्नेछ।

सन् २०१८ को आरम्भमा वाङ वै च्यान्सु प्रान्तको तेह्रौं राष्ट्रिय जन काँग्रेसका एक प्रतिनिधि नियुक्त हुनुभएको छ। अन्तरिक्ष क्षेत्रमा कार्यरत् एक प्राविधिज्ञबाट राष्ट्रिय जन काँग्रेसका एकजना प्रतिनिधिको रुपमा परिणत भएकाले उहाँको हैसियतमा निकै ठूलो परिवर्तन देखा परेको छ। आधारभूत तहको कारखानामा कार्यरत् एकजना सामान्य कामदारले राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिको कार्यभार कसरी राम्रोसँग बहन गर्ने र अझ उच्च चौतारोमा उभिएर आधारभूत तहका सर्वसाधारणको तर्फबाट मन्तव्य प्रकट गर्ने भन्ने विषय वाङ वैका लागि आफ्नो जीवनको नयाँ शिक्षा बनिसकेको छ। राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिले वास्तवमा के कस्तो प्रतिनिधि गर्ने र कसको प्रतिनिधित्व गर्ने भन्ने कुरा नै वाङ वैले सधैं सोच-विचार र सर्वेक्षण गर्ने गर्नुभएको विषय रहेको छ। उहाँ यसरी भन्नुहुन्छ:

मेरा छेउका साथी अथवा कारखानाका सहकर्मीले मेसमक्ष व्यक्तिगत कुराहरू सुनाउने गर्दछन्। पहिले मैले पनि बुझ्दिन्। त्यसैगरी अहिले म विशेषत: प्रतिनिधि ऐनको अनुसन्धान गरिरहेको छु। उनीहरूलाई केही समस्या पर्‍यो भने म अरु विशेषज्ञसँग सोधेर मद्दत गर्दछु।

जानकारी तथा लेखहरु