फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विशेष केटाको विशेष अनुभव

(GMT+08:00) 2019-03-18 11:24:16

१५ वर्षीय ली स्याङ डाउन सिंड्रोमले ग्रस्त छन्। उक्त डाउन सिंड्रोम रोगीको बुद्धि तथा एथलेटिक क्षमताको विकास ढिलो गरी हुन्छ।

चिनियाँ प्रसिद्ध जिमनास्ट ली स्याउ फङले उनी अध्ययनरत् स्कूल भ्रमण क्रममा केही जिमनास्टिक एक्शन देखाएका थिए जसले ली स्याङमा पनि जिमनास्टिक्सको व्यायाम गर्ने रूचि बढाएको थियो। अथक प्रयासपछि सन् २०१५ मा लस एन्जलसमा आयोजित विशेष ओलम्पिक खेलकुदमा ली स्याङले जिमनास्टिक्सतर्फ स्वर्ण पदक जितेका थिए। सन् २०१७ मा अस्ट्रियामा आयोजित हिउँदे विशेष ओलम्पिक खेलकुदमा ली स्याङले काँस्यपदक जिते।

मार्च १४ तारिख अबू धाबीमा सुरू भएको विशेष ओलम्पिक खेलकुदमा सी स्याङले आफ्नो आइडल ली स्याउ फङसँगसँगै उद्धाटन समारोहमा भाग लिएका छन्। उक्त खेलमा ली स्याङले दुइटा स्वर्ण, चारवटा रजत र एउटा काँस्य पदकको गौरव उपलब्धि हासिल गरेका छन्।

जानकारी तथा लेखहरु