फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा नेपालका परराष्ट्रमन्त्रीले भाग लिने

(GMT+08:00) 2019-03-18 16:16:05

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार अर्जेण्टिना भ्रमणमा जानुहुँदैछ। अर्जेण्टिनाको राजधानी ब्यूनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ज्ञवाली अर्जेन्टिना जानुहुने भएको हो।

सम्मेलन ६ देखि ८ चैतसम्म सञ्चालन हुने छ।

सम्मेलनमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवं दिगो विकासका चुनौती र अवसरका विषयमा मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अर्जेन्टिनामा रहँदा मन्त्री ज्ञवालीले विभिन्न देशका समकक्षी नेताहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक अधिकारी रहने नेपालखबर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु