फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको कर्णाली प्रदेशलाई भारतसँग जोड्ने बाटो अब पुलले जोडिने

(GMT+08:00) 2019-03-18 16:16:54

साबिक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले दशकौंअघि पैदल यात्रा गरेको परम्परागत बाटो अब सडक सञ्जालमा जोडिने भएको छ। कैलाली र सुर्खेत जिल्लाको कुइनेमा निर्माणाधीन कर्णाली नदीको पुलले यो बाटोलाई सडक सञ्जालसँग जोड्ने भएको हो।

यो पुल निर्माणसँगै साबिक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालीकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दाले छोटो दुरीको यात्रा गर्न पाउने छन्। उनीहरु हाल तराई झर्दा सुर्खेत–कोहलपुर–चिसापानी वा डोटी–डडेल्धुरा–अत्तरियाको घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन्।

यो पुल निर्माणपछि सुर्खेतको बड्डीचौर हुँदै–कोहलपुर–चिसापानीसम्मको करिब दुई सय किलोमिटर सडक यात्रा ५२ किलोमिटरमा खुम्चिनेछ, जुन पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको चिसापानीबाट कुइने हुँदै सुर्खेतको बड्डीचौरसम्म हो।

कुइनेमा अनत-लुम्बिनी जेभीले पुल निर्माण गरिरहेको छ। यो पुल निर्माणका लागि २०७२ मा ठेक्का सम्झौता भएको थियो। सडक विभागले दुई वर्षसम्म डिजाइन स्वीकृत नगरेका कारण पुल निर्माणको काम ढिलो गरी सुरु भएको साइड इन्चार्ज दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार २०७४ फागुनमा डिजाइन स्वीकृत भएपछि पुल निर्माणको काम सुरु भएको हो।

आगामी बर्खाअघि पुलको मध्यभागमा रहने दुईवटा पिल्लर तयार भइसक्ने निर्माण कम्पनीले जानकारी दिएको छ। यसका साथै थप दुईवटा पिल्लर पुलको दुवैतर्फ रहनेछन्। पुल निर्माण सुरु भएसँगै यस क्षेत्रका बासिन्दा निकै खुसी देखिएका छन्। उनीहरुले वर्षौंदेखिको माग सम्बोधन हुन लागेको भन्दै खुसी व्यक्त गरेका नागरिकन्यूज डटकमले जनाएको छ।

जानकारी तथा लेखहरु