फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी निवारणका लागि तिब्बतमा सांस्कृतिक सम्पदा रोजगार कार्यशाला

(GMT+08:00) 2019-03-18 16:18:05

यस मार्च 16 तारिख चीनको तिब्बत स्वायत्त प्रदेशका प्रथम १० गैर-भौतिक साँस्कृतिक सम्पदा गरिबी निवारण रोजगार कार्यशाला ल्हासामा सञ्चालनमा आएका छन्। यी दश कार्यशालामा तिब्बती धुप,तिब्बती कागज,काठ कुँदाइ आदि गैर-भौतिक साँस्कृतिक सम्पदा रहेका छन्।

सन्2018 साँस्कृतिक गरिब व्यवसायीका लागि सहायता प्रदान गर्दै गरिब क्षेत्रमा रहेको परम्परागत शिल्पको पुनरुत्थान गर्नका लागि राष्ट्रिय संस्कृति र पर्यटन मन्त्रालयले प्रथम दश"गैर-भौतिक साँस्कृतिक पैतृक सम्पदा प्लस गरिबी निवारण"सम्बन्धी मुख्य लक्ष्य क्षेत्र निश्चित गर्दै तिब्बती स्थानीय स्तरमा गरिबी निवारण रोजगार कार्यशाला स्थापना गर्ने योजना बनाएको थियो।

यस योजनाले स्थानीय वासिन्दाका लागि परम्परागत हस्तकला प्रविधि सिकाउनुका साथै ती वासिन्दाको आम्दानी बढाउनसक्ने छ। थाहा भएअनुसार सन्2018 राष्ट्रले तिब्बतको निमु जिल्लाको गरिबी निवारण कार्यका लागि दश लाख चिनियाँ युआन विशेष रकम विनियोजन गरेको थियो भने यस वर्ष निरन्तर रूपमा तीन लाख चिनियाँ युआन थप्ने भएको छ।

जानकारी तथा लेखहरु