फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इटलीका विद्यार्थीप्रति चिनियाँ राष्ट्राध्यक्ष सीको जवाफी चिठी

(GMT+08:00) 2019-03-18 16:18:29

इटलीको राजकीय भ्रमण गर्नुअघि इटलीको रोम नेशनल रिजर्भेसन स्कूलका प्रिन्सिपल पाउलो मारिया रियले र आठ विद्यार्थीले चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङलाई चिठी पठाउँदै सीको भ्रमणप्रति हार्दिक अपेक्षा र चीन तथा इटलीबीचको मैत्रीपूर्ण सहकार्यको इच्छा व्यक्त गरेका छन्।

राष्ट्राध्यक्ष सीले चिठीको जवाफ दिनुभएको छ। ती विद्यार्थीले राम्रो चिनियाँ भाषामार्फत् आफ्नो विचार व्यक्त गरेकोमा राष्ट्राध्यक्ष सीले खुशी प्रकट गर्नुभएको छ। उहाँका अनुसार रोम नेशनल रिजर्भेसन स्कूलले चिनियाँ भाषा अन्तर्राष्ट्रिय विज्ञान शिक्षाको सफल संयोजन गर्दै चीन र इटलीबीचको मैत्रीपूर्ण सम्बन्धमा योगदान गर्ने युवाहरु हुर्काएको छ। ती विद्यार्थीहरुले कन्फ्युसियस कक्षामार्फत् चीनको जानकारी लिने अवसर पाउँदै विश्वको व्यापक तथा बहुसंख्यक संस्कृतिको मूल्य बुझेका छन्। किशोरावस्थामा सधैं कुनै न कुनै सपना हुन्छ। ती विद्यार्थीहरुले आ-आफ्ना सपना साकार तुल्याउँदै चीन र इटलीबीचको साँस्कृतिक आदानप्रदानको दूत बन्नसक्ने आशा सीले गर्नुभएको छ।

रोम नेशनल रिजर्भेसन स्कूल इटलीको प्रसिद्ध विद्यालय हो। सन्2009मा यस स्कूलले पाँच वर्षे चिनियाँ भाषा अन्तर्राष्ट्रिय विज्ञान उच्च माध्यमिक कलेज स्थापना गरेको थियो। साथै यस स्कूलमा इटलीको सबैभन्दा ठूलो कन्फ्युसियस कक्षा पनि रहेको छ।

जानकारी तथा लेखहरु