फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वसँग चीनको क्षेत्रीय आतंकवाद विरोधी अनुभवबारे आदान-प्रदान

(GMT+08:00) 2019-03-18 18:54:54

आज अठार तारिख चीन सरकारले सिनच्याङको आतंकवाद नियन्त्रण, उग्रवादको अन्त्य तथा मानव अधिकारको संरक्षण शीर्षकको श्वेत पत्र सार्वजनिक गरेको छ। आतंकवाद र उग्रवाद विश्वसमक्ष देखा परेको धम्की हो। उग्रवाद र आतंकवाद फैलिनबाट रोक्ने र निर्मूल पार्ने विषय नै विभिन्न मुलुकले सामना गर्नुपर्ने विषय हो। श्वेतपत्रले सिनच्याङ क्षेत्रमा आतंकवाद नियन्त्रणको आफ्नो अनुभव सारांश गरी सर्वसाधारणको व्यक्तिगत आर्थिक तथा सामाजिक कौशल बढाउने ठोस कदमबारे प्रचार-प्रसार गरेको छ। यो नै अन्तर्राष्ट्रिय समूहसँग आतं‍कवाद प्रतिरोधबारे आदान-प्रदानको सक्रिय गतिविधि हो।

श्वेत पत्रले अन्तर्राष्ट्रिय समूहलाई आतंकवाद विरोधी चीनको तीन वटा उपायबारे जानकारी दिएको छ अर्थात् पहिलो रोकथाम, मुख्य क्षेत्रको प्राथमिकता, अन्तर्राष्ट्रिय सहयोगलाई महत्व। हाल सिनच्याङमा सर्वसाधारणको सुखमय बसोबास र रोजगारी भइरहेको छ र चिनियाँ तथा विदेशी पर्यटक पनि पुगिरहन्छन्। तर सिनच्याङको राष्ट्रिय पृथकतावादी शक्ति, धार्मिक उग्रवाद र हिंसात्मक आतंकवाद गरी यी तीन शक्तिको प्रभाव भइरहन्छ। पूर्वी तुर्किस्तान शक्तिले पनि मौका हेरेर गतिबिधि गर्न खोजिरहन्छ। विभिन्न मुलुकले दोहोरो गुणस्तर छोडेर राजनीतिक आपसी विश्वासलाई बढाई संयुक्त मिलेर मात्रै सिनच्याङले चरणवद्ध उपलब्धि प्राप्त गर्ने आधारमा दीर्घकालीन सुरक्षा पाउनसक्छ र विश्व आतंकवाद विरोधी कार्यक्रममा सक्रिय योगदान गर्नसक्नेछ।

जानकारी तथा लेखहरु