फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानव अधिकारको विकासमा चीनको उपलब्धिद्वारा अन्तर्राष्ट्रिय समाजको व्यापक स्वीकृति

(GMT+08:00) 2019-03-18 18:56:09

संयुक्त राष्ट्र संघीय मानवीय अधिकार परिषदले हाल चीनद्वारा तेस्रो चरणको मानव अधिकार समीक्षा रिपोर्टमा भाग लिँदै प्रस्तुत प्रतिवेदनमाथि जाँचबुझ गरेर अनुमोदन गरेको छ। साथै चिनियाँ उपपरराष्ट्र मन्त्री य्वे यु छङ्गले मानव अधिकार समीक्षा रिपोर्टलाई व्यवहारमा उतारेको अवस्थाको जानकारी दिनुका साथै जाँचबुझको अवधिमा सार्वजनिक मानव अधिकारको प्रत्याभूति सम्बन्धी तीस कदममा प्राप्त महत्वपूर्ण प्रगतिबारे जानकारी दिनुएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले आज नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेऔले हालै《सन्2018 राष्ट्र मानव अधिकार प्रतिवेदन》मा चीनद्वारा मानव अधिकारमाथि हस्तक्षेप गरिएको भन्दै निन्दा गर्नुभएको थियो। यसप्रति प्रवक्ता कङ्गले चीनले अमेरिकाको उक्त आधारहीन निन्दाको कडा विरोध गर्दै अमेरिकासँग गम्भीर सम्पर्क राखेको व्यक्त गर्नुभयो।

उहाँका अनुसार संयुक्त राष्ट्र संघको तेस्रो मानव अधिकार समीक्षा रिपोर्ट जाँचबुझ बैठकमा चीनको सदिच्छापूर्ण धारणाको प्रशंसा गर्नुका साथै चीनले गत वर्षको नोभेम्बरमा विभिन्न मुलुकद्वारा प्रस्तुत सुझावप्रति गरेको दायित्वबोधको स्वागत गरेको छ। जसबाट चीनको मानव अधिकारको विकास बाटो,चीनको मानव अधिकार कार्य सम्बन्धी उपलब्धि र चीनको मानव अधिकारको संरक्षण अठोटले अन्तर्राष्ट्रिय समाजको व्यापक स्वीकृति पाएको प्रतिबिम्बित भएको छ।

जानकारी तथा लेखहरु