फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी निवारणमा चीन थप सबल बन्नुपर्ने

(GMT+08:00) 2019-03-20 16:26:50

भर्खरै सम्पन्न भएको चीनका वार्षिक दुई अधिवेशनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले धेरै पटक गरी गरिबी निवारणबारे चर्चा गर्दै सन् 2020 चीनको गरिबी निवारण लक्ष्य पूरा हुन दुई वर्ष मात्रै बाँकी रहेको र सबैभन्दा कठिनाइ समयलाई परास्त नगरे अघि बढ्न नसकिने दोहोर्‍याउनुभयो। सन् 2020 सम्पन्न समाजको लक्ष पूरा हुने समय हो भने त्यसलाई व्यवहारमा उतार्न गरिबी निवारण कार्य निकै महत्वपूर्ण छ। त्यसैले यो वर्ष निकै महत्वपूर्ण हो।

गरिबी निवारण वर्तमान विश्वसमक्ष देखा परेको सबैभन्दा ठूलो चुनौती हो। त्यसबाट चीनले स्पष्ट उपलब्धि हासिल गरिसकेको छ। विश्व बैङ्कको सूचना अनुसार, विश्वमा प्रति एक सय जना गरिबीबाट मुक्त भएको खण्डमा तीमध्ये सत्तरी जना चिनियाँ हुन्। तर इतिहास, प्रकृति, जनसंख्या र क्षेत्रीय आर्थिक विकासका असन्तुलन लगायत विभिन्न कारणले हाल चीनको गरिबी संख्या अझै एक करोड छयसट्ठी लाख रहेको छ। सी चिन फिङले भन्नुभएको जस्तो छ: गरिबी निवारण कार्यको हिसाबले अन्तिम चरणमा झनै कोशिश गर्नुपर्छ। उक्त धारणाबाट चीनको गरिबी निवारण कार्यलाई उत्प्रेरित गरिएको छ साथै गरिबी निवारण लक्ष्य समयमै पूरा हुने चीनको अठोट र विश्वास देखिएको छ।

जानकारी तथा लेखहरु