फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्बिनी भ्रमण वर्ष २०७६ को तयारी

(GMT+08:00) 2019-03-21 16:28:36

प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ को तयारी थालेको छ । बुधबार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले यसको लागि चार करोड १९ लाख ६० हजारको बजेट व्यवस्था गर्दै तयारीको लागि विभिन्न निर्णय गरेको छ। उद्योग, पर्यटन तथा वन वातावरण मन्त्रालयले लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यविधि पनि सार्वजनिक गरेको छ।

केन्द्र सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने मुख्य उद्देश्यसहित लुम्बिनी भ्रमण वर्ष मनाउन लागिएको प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बजैनाथ चौधरीले जानकारी दिनुभयो। लुम्बिनीका साथै यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महìवका स्थानहरूको पहिचान, संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनमा टेवा पु¥याउने उद्देश्य पनि लिइएको छ।

लुम्बिनी भ्रमण वर्ष मनाउँदा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने, रोजगारी सृजना हुने, लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउन सकिने, होटल, ट्राभल ऐजेन्सी, यातायात व्यवसायको प्रवद्र्धन हुने, लुम्बिनीको महìव र विकासमा थप टेवा मिल्ने, स्थानीयका उत्पादनले प्राथमिकता पाउने तथा प्रदेश सरकार र लुम्बिनी विकास कोषबीचको सहकार्यमा सहयोग हुनेजस्ता अपेक्षा पनि लिइएको उद्योग, पर्यटन तथा वन वातावरणमन्त्री लिला गिरीले उल्लेख गर्नुभयो।

गोरखापत्र अनलाइनका अनुसार लुम्बिनीमा ८७ देशका वार्षिक साढे १५ लाखसम्म पर्यटकहरू भित्रिने गरेको लुम्बिनी विकास कोषको तथ्याङ्क छ। लुम्बिनी भ्रमण वर्ष घोषणापछि यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ तर भैरहवा लुम्बिनी तौलिहवा सडकखण्ड जीर्ण भएकाले पनि आवागमनमा कठिनाई हुनेछ।

जानकारी तथा लेखहरु