फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भक्तपुरमा १२ दिने व्यापार मेला हुने

(GMT+08:00) 2019-03-21 16:28:56

भक्तपुरका प्रसिद्ध बिस्का जात्रालाई लक्ष्य गरी १२ दिने व्यापार मेला हुने भएको छ। औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले चैत २१ देखि २०७६ वैशाख २ गतेसम्म हुने मेला हुने भएको हो। मंगलबार पत्रकार सम्मेलन गरी उक्त मेला भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी खुला चौरमा हुने जानकारी दिइएको छ। भक्तपुरमा बर्सेनि हुँदै आएको भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलाको यस वर्ष पाँचौं संस्करण हो।

मेला संयोजक दीपक थापाले मेलामा करिब १२ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको बताउनुभयो। उहाँले मेलामा दैनिक उपभोग्य खाद्यवस्तु, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला र अटोमोबाइलका वस्तु तथा सामानको दुईसयभन्दा बढी स्टल रहने जानकारी दिनुभयो।

मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बिस्का जात्राको अवसरमा भक्तपुरवासीले जिल्लाबाहिर गएर किनमेल गर्न नपर्ने गरी मेला आयोजना गरिएको बताउनुभयो।

अन्नपूर्ण पोस्ट अनलाइनका अनुसार मेलामा राष्ट्रिय उद्योगी व्यवसायीसँगै दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान र बंगलादेशका उद्योगी व्यवसायीको समेत सहभागी हुने जानकारी दिइएको छ।

जानकारी तथा लेखहरु