फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अन्तर्राष्ट्रिय विकास तथा सहयोग विभागका उप-प्रमुख र नेपालका प्रधानमन्त्रीबीच भेट-वार्ता

(GMT+08:00) 2019-03-21 18:58:26

 

चीनको अन्तर्राष्ट्रिय विकास तथा सहयोग विभागका उप-प्रमुख तङ पो छिङले २१ तारिख नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट-वार्ता गर्नुभएको छ। नेपालका लागि चीनका राजदूत हौ यानछि, ओलीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराई लगायत वार्तामा उपस्थित हुनुहुन्थ्यो।

भेटमा तङले गत वर्ष प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा दुई देशका नेताबीच सम्पन्न सहमतिलाई व्यवहारमा उतार्नु नै भ्रमणको लक्ष्य रहेको भन्दै विकास तथा सहयोग गरी नेपाली जनजीवनमा सुधार गर्दै बेल्ट एन्ड रोड इनिसियटिभको सेवा प्रदान गर्ने व्यक्त गर्नुभयो। चीनको राष्ट्रिय अन्तर्राष्ट्रिय विकास तथा सहयोग विभागले नेपालका सम्बद्ध विभागसँग सल्लाह तथा सम्पर्क गरी विकास क्षेत्रको सहयोगलाई अरु बढाएर दुई देशबीचको सम्बन्धमा योगदान गर्ने पनि उहाँले बताउनुभयो।

प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले नेपाल र चीन चौबीस घण्टे विश्वसनीय मित्र भएको भन्दै नेपाल एक चीन नीतिमा अडिग रहेर नेपालको भूभागबाट चीन विरोधी गतिविधि गर्न नदिने बताउनुभयो। उहाँले नेपालको नयाँ सरकारले देशलाई नयाँ चरणमा ल्याउन कोशिस गरेको भन्दै उहाँले चीनले नेपाललाई अरु सहयोग र समर्थन दिएर आपसी मैत्रीपूर्ण सहयोग बढाउने आशा प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु