फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन बुझ्न "सी चिनफिङ: चीनको शासन" नामक किताब पढ्नुपर्छ

(GMT+08:00) 2019-03-21 19:23:45

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एकाइस तारिख युरोपका तीन मुलुकको भ्रमण शुरु गर्नुभएको छ। यस अवसरमा चाइना मिडिया ग्रुप अर्थात् सीएमजीले बनाएको सी चिनफिङलाई मन पर्ने साहित्य उद्धरण शीर्षकको श्रृंखलावद्ध भिडियो इटली भाषा संस्करण, इटलीका दुई वटा प्रमुख मिडियामा अनि विश्वका इटली भाषा बोल्ने समस्त मुलुक तथा क्षेत्रमा प्रसारण भएको छ। यसका साथै "सी चिनफिङ: चीनको शासन" नामक किताबको पाठक बैठक रोममा आयोजना भएको छ। चिनियाँ तथा इटलीका दुई सयभन्दा बढी पाठकले त्यसबारे आदान-प्रदान गरेका छन्।

"सी चिनफिङ: चीनको शासन" को पहिलो भाग र दोस्रो भागमा चीन र विश्व मामिलासम्बन्धी सी चिनफिङको नयाँ विचार, धारणा समावेश छन् जसलाई चौब्बीस किसिमका विदेशी भाषामा अनुवाद गरेर एक सय साट्ठीभन्दा बढी मुलुक तथा क्षेत्रमा बेचिन्छ। सो किताब लोकप्रिय भएको कारण नै पाठकले देश तथा विश्व शासनमाथि चीनको विकास बाटोबाट मानव जातिको सामान्य मूल्य धारणा प्रतिबिम्बित भएको पाठकहरुले हेरेको हो।

वस्तुगत रुपमा भन्दा सय वर्षसम्म नदेखिएको परिवर्तित विश्वमा चीन र विश्व नै आपसमा अलग हुन सक्दैनन्। चीन साथी कि विरोधी? तीव्र विकासमा रहेको चीनले विश्वलाई सक्रियता कि निस्क्रियता ल्याउने? विभिन्न मुलुकले त्यसबारे विचार तथा अध्ययन गरिरहन्छन्। "सी चिनफिङ: चीनको शासन" नामक किताबले ती समस्याको सबैभन्दा वास्तविक, व्यवहारिक र आधिकारिक उत्तर दिएको छ। अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी अलफ्रेड किसिन्गरले भन्नुभएको जस्तो छः यो किताबले एक नेता, एक देश र एक हजारौँ वर्ष बोकेको सभ्यताबारे बुझ्ने झ्याल खोलेको छ।

जानकारी तथा लेखहरु